
काठमाडौं । साहित्यकार सुमन वर्षाको कथाकृति ‘अभ्यन्तर’ लोकार्पण गरिएको छ । काठमाडौंमा एक कार्यक्रमबीच प्रमुख अतिथि प्रा.डा. अभि सुवेदी, प्रा.डा. ज्ञानु पाण्डे, नयनराज पाण्डेलगायतले कृति लोकार्पण गर्नुभएको हो ।
प्रमुख अतिथि प्रा.डा. सुवेदीले कृति लोकार्पण गर्दै सुमनको साहित्यिक योगदानको चर्चा गर्नुभएको थियो । साहित्यकार प्रा.डा. ज्ञानु पाण्डेले सुमनले समाजकै विविध विषयवस्तुमाथि कथा लेखेर समाजको अध्ययन गर्न खोजेको बताउनुभयो ।
आख्यानकार नयनराज पाण्डेले कथाकृतिमाथि पाठकीय मन्तव्य राख्दै सुमनका कतिपय कथाहरू फरक शैलीको भएको जिकिर गर्नुभयो । उहाँले सुमनलाई साहसी कथाकार भन्दै हरेक कथामा फरक खालका विषयवस्तुको उठान गरेको बताउनुभयो । कथाकार सुमनले आफ्नो कथा लेखनबारे बताउनुभएको थियो । सो अवसरमा विनोदचन्द्र वन्त, जगत् तिमिल्सिना, डा. सविना बस्नेत, शिखा बुक्सका पुष्पराज पौडेललगायतले आ-आफ्ना भनाइ राख्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच