
सुरेन्द्र सुवेदी (निःशब्द)
न त एक गाँस खान, न त एक सरो लगाएको छ,
हो सरकार हाम्रो घर, बारी र जिन्दगी बगाएको छ ।
जिन्दगी चलाउन जवानी बेचेर, बनाएको घर थियो,
खोलाको छेउमा घर बनाएको, आरोप लगाएको छ ।
दुःख पनि सहन सक्नेमात्र, दिनुपर्छ नि भगवान जी,
भगवानकै थियो ठूलो आशा, विश्वास डगमगाएको छ ।
राम्रोसँग दुई गाँस खान नपाएर, सधैं रुन्थ्यो माईला,
रुदैन अचेल माटोसँग पानी खाएर टन्न, अघाएको छ ।
बाँचिन्छकी भन्दै छतमा बसिन छोरी, परसम्म बाटो हेर्दै,
बगाएको भिडियो हेरेर पनि त सरकारले, सघाएको छ ।
दोरम्बा शैलुङ-६, लखनपुर, रामेछाप
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच