
काठमाडौं । अमेरिका र दुबईमा सञ्चालनमा रहेको एरोलिडर्स ट्राभल्स एण्ड टुर्स प्रालिले काठमाडौंमा पनि सेवा सुरु गरेको छ । विगत दुई वर्षदेखि दुबई केन्द्रित सेवा प्रदान गर्दै आएकोमा कम्पनीले काठमाडौंबाट समेत औपचारिक सेवा सुरु गरेको घोषणा गरेको हो ।
बिहीबार एक कार्यक्रमबीच ८८ वर्षीया केशरमाया दर्नालले एरोलिडर्स ट्राभल्सको उद्घाटन गर्नुभयो । अमेरिकामा बसेर व्यवसाय र सामाजिक क्षेत्रमा सक्रिय दिलीप नेपालीले सञ्चालन गर्नुभएको ट्राभल्सको दुबईमा मुख्य कार्यालय र अमेरिकाको मेरिल्याण्डमा सम्पर्क कार्यालय रहेको छ ।
कम्पनीले देश तथा विदेशमा पर्यटन प्याकेज निर्माण तथा विदेशबाट बढीभन्दा बढी पर्यटक आकर्षण गर्ने लक्ष्य लिएको छ । विभिन्न मुलुकमा यात्रा गर्न सुपथ मूल्यमा टिकट प्रदान गर्ने, टेलर ट्राभल प्याकेज, भिसा प्रोसेसिङ, ट्राभल इन्स्योरेन्स, आन्तरिक र अन्तर्राष्ट्रिय हवाई टिकट उपलब्ध गराउने ट्राभल्सका अध्यक्ष दिलीप नेपालीले जानकारी दिनुभयो ।
गैरआवासीय नेपालीलाई मातृभूमिसँग जोड्न, दिगो पर्यटन विकासका लागि विश्व पर्यटन बजारमा उपस्थिति बलियो बनाउने योजना रहेको पनि उहाँले बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्य लक्ष्मी परियारलगायत नेता, अधिकारकर्मी, कलाकारको उपस्थिति रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच