
काठमाडौं । अभिनेता करणवीर मेहरा रियालिटी शो ‘बिग बोस-१८’ को विजेता बन्नुभएको छ । दर्शकको भोटका आधारमा करणवीर मेहरालाई शोका होस्ट सलमान खानले विजेता घोषणा गर्नुभएको थियो । उहाँले विवियन डिसेना र रजत दलाललाई पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पार्नुभएको हो ।
शोको फष्ट रनरअप विवियन डिसेना हुनुभयो भयो सेकेण्ड रनरअप रजत दलाल हुनुभभयो । शोको ट्रफीसँगै करणवीरले ५० लाख भारु पुरस्कार पनि जित्नुभएको थियो ।
१०५ दिनदेखि कलर्स टिभीमा ‘बिग बोस’ प्रसारण भइरहेको थियो । अभिनेता करणवीर मेहरा विगत २० वर्षदेखि भारतीय चलचित्र उद्योगसँग जोडिनुभएको छ । उहाँले थुप्रै टिभी शोमा भाग लिइसक्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच