
सुषमा तामाङ
महिलाको अधिकार र असमानताको चित्र : विश्वदेखि नेपालको माध्यमिक विद्यालयसम्म
महिलाको अधिकारको स्थिति अहिले पनि विश्वव्यापी रूपमा नाजुक छ । विकसित राष्ट्रहरूदेखि विकासोन्मुख देशसम्म, महिलाले घर र कार्यस्थल दुवै स्थानमा विभेदको सामना गरिरहेका छन् । विकसित भनिने देशहरूमा समेत महिलाले समान अवसर, न्याय र पारिश्रमिक प्राप्त गर्न संघर्ष गरिरहेका छन् । विशेष गरी, अमेरिका, इराक, अफगानिस्तान जस्ता देशहरूमा देखिएका पछिल्ला कानुनी व्यवस्थाहरूले महिला अधिकारलाई गम्भीर चुनौती दिएका छन् । अमेरिकामा गर्भपतनसम्बन्धी अधिकारलाई निरन्तर चुनौती दिइँदै आएको छ भने अफगानिस्तानमा तालिबान शासनले महिलाहरूलाई शिक्षा र स्वतन्त्रताको पहुँचबाट वञ्चित गरिरहेको छ । यसले देखाउँछ कि महिलाको अधिकार कुनै निश्चित राष्ट्रको समस्या मात्र होइन, यो सम्पूर्ण मानव जातिको सामूहिक चुनौती हो ।
महिलाको समानता र अधिकारका लागि बनाइएका धेरै अन्तर्राष्ट्रिय सन्धिहरू र नियमहरू भए पनि तिनको कार्यान्वयनमा कमी देखिन्छ । विकसित देशहरूले महिलाका लागि केही कानुनी सुरक्षाहरूको प्रावधान गरेका छन् तर तिनीहरू पर्याप्त छैनन् । महिला अधिकारका पक्षमा बोल्ने अभियन्ताहरूलाई अझै पनि अपमानजनक र हिंसात्मक व्यवहारहरूको सामना गर्नुपर्छ । यस्तो वातावरणले महिलाको आर्थिक, सामाजिक र राजनीतिक जीवनमा गहिरो प्रभाव पार्छ ।
नेपालमा महिलाहरूका लागि नीति निर्माणमा समावेशीकरणको अभाव स्पष्ट रूपमा देखिन्छ । महिलाहरूले संसद्, प्रशासन र अन्य महत्वपूर्ण स्थानहरूमा प्रतिनिधित्व पाउन कठिनाइ भोगिरहेका छन् । सरकारी नीतिहरूले महिलाका आवश्यकता र योगदानलाई पर्याप्त रूपमा सम्बोधन गर्न सकेका छैनन् । यस्तै, सामाजिक रूपमा पनि महिलाहरूले धेरै अवरोधहरू सामना गर्नुपर्छ ।
विकासोन्मुख देशहरूमा महिला अधिकारको अवस्था : नेपालको परिप्रेक्ष्य
नेपाल जस्तो विकासोन्मुख देशमा महिलाको अवस्था झन् चुनौतीपूर्ण छ । युएन बमेनका अनुसार, कानुनी प्रतिरक्षाको माध्यमबाट महिला र पुरुषबीचको असमानता अन्त्य गर्न झन्डै तीन शताब्दी लाग्न सक्छ । यसले नेपाल जस्ता देशहरूमा चुनौती अझ जटिल बनाएको छ । महिलाहरूले शिक्षा, स्वास्थ्य, रोजगार र पारिवारिक उत्तरदायित्वका क्षेत्रमा अन्यायपूर्ण व्यवहार भोग्नुपरेको छ । घरमा महिलालाई केवल परिवारको जिम्मेवारीमा सीमित राख्ने परिपाटीले उनीहरूको शारीरिक र मानसिक स्वास्थ्यमा गहिरो असर पारिरहेको छ । साथै, कार्यस्थलमा महिलाको मूल्यांकन लिंगका आधारमा गरिने प्रचलन अझै कायम छ । यो अवस्था शहरी क्षेत्रमा मात्र होइन, ग्रामीण क्षेत्रमा झन् गम्भीर देखिन्छ । महिलाले पुरुष सहकर्मीभन्दा बढी मिहिनेत गरे पनि उनीहरूको कामलाई समान मान्यता दिइँदैन ।
नेपालमा महिलाहरूका लागि नीति निर्माणमा समावेशीकरणको अभाव स्पष्ट रूपमा देखिन्छ । महिलाहरूले संसद्, प्रशासन र अन्य महत्वपूर्ण स्थानहरूमा प्रतिनिधित्व पाउन कठिनाइ भोगिरहेका छन् । सरकारी नीतिहरूले महिलाका आवश्यकता र योगदानलाई पर्याप्त रूपमा सम्बोधन गर्न सकेका छैनन् । यस्तै, सामाजिक रूपमा पनि महिलाहरूले धेरै अवरोधहरू सामना गर्नुपर्छ । ग्रामीण क्षेत्रहरूमा महिलाहरूलाई अझै पनि परम्परागत भूमिकामा सीमित गरिन्छ । छोरीहरूको शिक्षामा गरिएको लगानी प्रायः कम हुन्छ, जसका कारण उनीहरूका लागि आर्थिक र सामाजिक रूपमा सक्षम बन्ने अवसर घट्दछ । महिला उद्यमी बन्न चाहनेले पनि आर्थिक स्रोत र संस्थागत सहयोग पाउन कठिनाइ भोग्नुपर्छ ।
माध्यमिक विद्यालयमा महिला शिक्षिकाको अवस्था :
नेपालमा माध्यमिक विद्यालयमा महिला शिक्षिकाको संख्या निकै कम छ । माध्यमिक स्तरका शिक्षणका लागि योग्य महिला शिक्षिकालाई व्यवस्थापनले प्राथमिक तहमा सीमित गर्ने प्रयासले यो समस्या झन् विकराल बनाएको छ । शिक्षिका गीता लामिछानेको अनुभवले यसबारे गहिरो झलक दिन्छ । गीता करिब २० वर्षदेखि शिक्षण पेसामा छन् तर व्यवस्थापनले सधैँ उनलाई प्राथमिक तहमा मात्र राख्न खोज्यो । पर्याप्त योग्यता, अनुभव र क्षमताका बावजुद पनि गीता माध्यमिक तहका विद्यार्थीलाई शिक्षण गर्ने अवसरबाट वञ्चित भएकी छन् । उनी भन्छिन्, ‘लिंगकै कारण माध्यमिक तहका विद्यार्थीहरूले मबाट सिक्न पाउने अवसर गुमाए । यो केवल मप्रति अन्याय मात्र होइन, विद्यार्थीहरूको शिक्षामा पनि क्षति हो ।’
माध्यमिक विद्यालयका व्यवस्थापन समिति र निर्णयकर्ता प्रायः पुरुष नै हुने भएकाले महिलाहरूको पक्षमा निर्णय लिने सम्भावना कम हुन्छ । यस्तो अवस्थामा महिला शिक्षिकाहरूको पेशागत विकास रोकिन्छ, जसले दीर्घकालीन रूपमा शिक्षाको गुणस्तरमा नकारात्मक असर पार्छ । साथै महिला शिक्षिकाहरूले विद्यार्थीहरूसँग राम्रो सम्बन्ध बनाउन र उनीहरूको मानसिक स्वास्थ्यलाई सुधार गर्न महत्ववपूर्ण भूमिका खेल्छन् । यद्यपि, व्यवस्थापनले यी पक्षहरूलाई मूल्यांकन गर्दैन । यसले केवल महिलाहरूलाई होइन सम्पूर्ण शिक्षण प्रणालीलाई नै असर पार्छ ।
शिक्षिका गीता र शिलाको संघर्ष :
गीता लामिछानेले शिक्षण पेसाामा धेरै चुनौतीहरू सामना गरिन् । सहकर्मीहरू र व्यवस्थापनले समानता र महिला अधिकारको कुरा गर्थे तर व्यवहारमा ती कुरा देखिँदैनथ्यो । गीता प्रायः लिंगका आधारमा भेदभावको शिकार हुन्थिन् । समान योग्यता हुँदाहुँदै पनि पुरुष सहकर्मीहरूले उच्च पद र अवसरहरू प्राप्त गर्दा, गीता जस्ता महिलाहरूलाई पृष्ठभूमिमा राखिन्थ्यो । शिलाको अवस्था पनि यस्तै थियो । शिलासँग दुईवटा डिग्री र उत्कृष्ट अनुभव हुँदाहुँदै पनि व्यवस्थापनले उनलाई नजरअन्दाज ग¥यो । राम नामका पुरुष सहकर्मीलाई जसको योग्यता र कार्यशैली औसत मात्र थियो उच्च पदमा बढुवा गरियो । शिलाले गुनासो गर्दा, उनलाई व्यवस्थापनले गम्भीरतापूर्वक लिँदैनथ्यो । यस्तो भेदभावको कारणले शिलाजस्ता महिलाहरू आफ्नो योग्यताको सही मूल्यांकन पाउनबाट वञ्चित भइरहेका छन् ।
शिलाले भनेकी थिइन्, ‘मैले आफ्नो कामप्रतिको लगनशीलता र मेहनतबाट व्यवस्थापनलाई प्रभावित पार्न धेरै प्रयास गरेँ तर लिङ्गको कारणले मेरा प्रयासहरूलाई कहिल्यै उचित सम्मान दिइएन ।’ शिलाको यो अनुभवले महिलाले काम गर्ने स्थानमा अझै पनि सामना गर्नुपरेका गहिरा भेदभावहरू उजागर गर्दछ । गीता र शिला जस्ता महिलाहरूले व्यक्त गरेका यी घटनाहरू केवल व्यक्तिगत अनुभव मात्र होइनन् यी उदाहरणले नेपालको महिला अधिकारको स्थितिलाई चित्रण गर्छ । यी घटनाहरूले देखाउँछन् कि महिलाहरूका लागि शिक्षा, रोजगार, र अवसरहरूको पहुँच अझै पनि सीमित छ ।
कार्यस्थल र घरमा महिलाको दोहोरो संघर्ष :
महिलाले कार्यस्थलमा मात्र होइन, घरमा पनि दोहोरो संघर्ष व्यहोर्नुपर्छ । बाहिरको काम पूरा गरेर फर्कने महिलालाई घरभित्रका काम, सरसफाइ, बच्चाको हेरचाह र परिवारको सेवामा जुट्नुपर्ने दबाब हुन्छ । पुरुषको तुलनामा महिलाको जिम्मेवारी धेरै भए पनि ती जिम्मेवारीको मूल्यांकन हुँदैन । यो भेदभाव महिलाको शारीरिक र मानसिक स्वास्थ्यमा नकारात्मक असर पुर्याइरहेको छ । घरभित्रको विभेदले महिलाको जीवनको हरेक पक्षमा असर पुर्याउँछ । विशेष गरी ग्रामीण क्षेत्रका महिलाहरूले खेतीपाती, पशुपालन जस्ता कामहरू पनि गर्नुपर्छ ।
महिला अधिकारको मुद्दा केवल महिलाहरूको मात्र होइन यो समाजको समग्र विकाससँग जोडिएको विषय हो । माध्यमिक विद्यालय जस्ता क्षेत्रमा महिला शिक्षिकाहरूलाई पर्याप्त अवसर प्रदान गर्न सकेका खण्डमा मात्र उनीहरूको पेसागत विकास हुन्छ र विद्यार्थीहरूलाई पनि गुणस्तरीय शिक्षा प्रदान गर्न सकिन्छ ।
यस्ता कामले उनीहरूको समय, ऊर्जा र स्वास्थ्यमा गहिरो प्रभाव पार्छ तर यस्तो मिहिनेतको कुनै सामाजिक वा आर्थिक मान्यता हुँदैन । अझ शहरी क्षेत्रमा पनि महिलाहरूले घर र बाहिरको जिम्मेवारी सन्तुलन गर्न कठिनाइ भोग्छन् । जागिरे महिलाहरूलाई सामाजिक दबाबले उनीहरूको व्यावसायिक जीवनलाई पनि प्रभावित पार्छ । जबसम्म परिवारका सदस्यहरूले समान रूपमा जिम्मेवारी बाँड्ने अभ्यास सुरु गर्दैनन् त्यस बेलासम्म महिलाको जीवनमा सुधार आउन कठिन हुन्छ ।
समाजको सोचमा परिवर्तनको आवश्यकता :
गीता र शिला जस्ता महिलाहरूले आफ्नो ठाउँ बनाउन संघर्ष गरिरहँदा यो स्पष्ट छ कि समस्या केवल व्यवस्थापनको मात्र होइन सम्पूर्ण समाजको सोचको हो । महिलाको क्षमता र मेहनतको उचित मूल्यांकन गर्नका लागि समाजको सोच र व्यवहारमा आमूल परिवर्तन आवश्यक छ । शिक्षण जस्तो पेशामा पनि महिलाले सामना गर्नुपरेका यी चुनौतीहरू समाधान नभएसम्म समानताको वातावरण निर्माण हुन सक्दैन ।
समाजको सोच परिवर्तनका लागि शिक्षा प्रणालीमा पनि परिवर्तन आवश्यक छ । पाठ्यक्रममा लंैगिक समानताको विषयलाई प्राथमिकता दिनुपर्छ । महिला शिक्षिकाहरूलाई नेतृत्वदायी भूमिका दिनका लागि विशेष अवसर र कार्यक्रमको विकास गर्नुपर्छ । महिला सशक्तिकरणका लागि आर्थिक र प्राविधिक सहयोगका कार्यक्रम पनि महत्वपूर्ण हुन्छन् । महिलाहरूलाई उद्यमशीलतामा प्रेरित गर्न, तिनीहरूको सीप अभिवृद्धिका लागि तालिम प्रदान गर्न र आर्थिक स्वतन्त्रता दिलाउन सरकारी तथा गैरसरकारी क्षेत्रको पहल आवश्यक छ ।
निष्कर्ष :
महिला अधिकारको मुद्दा केवल महिलाहरूको मात्र होइन यो समाजको समग्र विकाससँग जोडिएको विषय हो । माध्यमिक विद्यालय जस्ता क्षेत्रमा महिला शिक्षिकाहरूलाई पर्याप्त अवसर प्रदान गर्न सकेका खण्डमा मात्र उनीहरूको पेसागत विकास हुन्छ र विद्यार्थीहरूलाई पनि गुणस्तरीय शिक्षा प्रदान गर्न सकिन्छ । गीता र शिला जस्ता महिलाहरूको संघर्षले समाजमा स्थायी परिवर्तन ल्याउन महŒवपूर्ण भूमिका खेल्छ । महिलाले घर र कार्यस्थलमा समानता, न्याय र सम्मान पाउने दिनका लागि समाजको सोच र व्यवहारमा परिवर्तन अपरिहार्य छ ।
कानुनी प्रावधानहरू पर्याप्त छैन । हरेक व्यक्तिको दृष्टिकोणमा परिवर्तन आएको खण्डमा मात्र महिलाको अधिकारको रक्षा सम्भव हुनेछ । महिलाको संघर्षलाई सम्मान गर्न र समानताको आदर्श स्थापना गर्न हामी प्रत्येकले भूमिका निर्वाह गर्नुपर्छ । आजैबाट सोच र व्यवहारमा सकारात्मक परिवर्तन ल्याएर महिलाका लागि सुरक्षित र न्यायपूर्ण समाज निर्माण गर्न सकिन्छ । (लेखक लिंकन विश्वविद्यालय कलेज, मलेसियाको पिएचडी स्कलर हुनुहुन्छ ।)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच