
बडाले जो गर्यो काम हुन्छ त्यो सर्वसम्मत
छैन शङ्करको नङ्गा मगन्ते भेष निन्दित
यो पङ्क्ति कविशिरोमणि लेखनाथ पौड्यालको नैतिक दृष्टान्त कविताको हो । उनले उक्त पङ्क्तिमा जुनसुकै क्षेत्रका ठूला व्यक्तिलाई आधार मानेका छन् । ठूला व्यक्तिले गरेका कुनै पनि काम सर्वसम्मत स्वीकृत हुन्छन् भन्ने आधार उनले बाहिर ल्याएका छन् । उपमाका रूपमा उनले भगवान् शङ्करलाई लिएका छन् । भगवान् शङ्करको रूप जस्तो भए पनि मगन्ते मानिएको छैन । उनलाई कल्याणको प्रतीक मानिएको छ सनातन परम्परामा । त्यसैले आजको समाज पनि त्यही हो । यो पद्य पङ्क्तिले कविको धारणा मात्र होइन हाम्रो समाजमा चलनचल्तीमा रहेको रीति र थितिलाई बाहिर ल्याएको देखिन्छ । उनले शङ्करलाई आधार बनाए । विष्णुलाई आधार मानेनन् । उनले जस्तोसुकै भेषभूषा भए पनि शङ्करको स्वरू निन्दनीय छैन भनेका छन् । यो नै यसको आशय हो ।
माथिको पद्यले जुन किसिमको अवधारणालाई बाहिर ल्यायो त्यही हालत आजको नेपली राजनीतिमा देखापरेको छ । गणतन्त्रलाई मागेर खाने भाँडो बनाएका राजनीतिक दलका शीर्ष नेता नै आफूलाई बडाका रूपमा स्वीकार गरेर अघि बढेका छन् । उनीहरू आफू र आफ्नालाई पोस्नका लागि लागिपरेका छन् । उनीहरूले जसरी राज्य सञ्चालन गरिरहेका छन् त्यसले नेपालको गणतन्त्रलाई नै पूर्णरूपमा आपत परेको देखिन्छ ।
राजनीतिको पहिलो आधार देशको समग्र विकास हो । राजनीति गर्ने व्यक्ति नितान्त स्वार्थभन्दा माथि उठ्नु अनिवार्य मानिन्छ तर नेपालको राजनीतिमा त्यसो हुन सकेन । नेपालको राजनीति २०४६ सालदेखि नै स्वार्थले भरिएको देखियो । नेता नेता बन्यो राजनेता बन्न सकेन । राजनीतिक विचारधारालाई अक्षरशः पालन गर्न सकेन ।
हुन त नेपालको राजनीति आफैँमा पक्कै पनि चलेको छैन । नेपाल उत्तर, दक्षिण, युरोप र अमेरिकाको क्रीडास्थल बनेको छ । यसको आफ्नो पहिचान गुमेको छ । यसको आफ्नो स्वरूप हराएको छ । राजनीतिका हस्ती पनि आफूलाई राजनीतिमा खरो रूपमा उतार्न सफल बनेका छैनन् । यो आजको नेपाली राजनीतिको यथार्थ पनि हो । यो यथार्थ बुझेका छैनन् पार्टीका सामान्य कार्यकर्ता र जनता पनि । ऊ गुमराहमा चिच्चाइरहेको छ नेताले केही पनि गरेन । देशलाई बर्बाद पारेको छ । साँच्ची यो यथार्थ हो र ? होइन ।
असन्तुष्टि किन ?
राजनीतिको पहिलो आधार देशको समग्र विकास हो । राजनीति गर्ने व्यक्ति नितान्त स्वार्थभन्दा माथि उठ्नु अनिवार्य मानिन्छ तर नेपालको राजनीतिमा त्यसो हुन सकेन । नेपालको राजनीति २०४६ सालदेखि नै स्वार्थले भरिएको देखियो । नेता नेता बन्यो राजनेता बन्न सकेन । राजनीतिक विचारधारालाई अक्षरशः पालन गर्न सकेन । राजनीतिक स्वार्थभन्दा बाहिर उठ्न पनि सकेन । ऊ स्वार्थ र सत्तालिप्सामा अनवरत सक्रिय रहृयो । उसको राजनीतिक स्वार्थ देशका लागि हुनुपर्नेमा त्यसो हुन सकेन । उसको स्वार्थ परिवार तथा आफू र आफन्तमा केन्द्रित रहृयो जसले नेपालको राजनीतिलाई गतिलो बाटोमा डो¥याउन सकेन । नेपाली राजनीतिमा प्रधानमन्त्री दिँदा पनि नखाने गणेशमान थिए ।
एउटा सानो सुराही र सानो बाकस लिएर प्रधानमन्त्री आवास छिरेर जस्ताको त्यस्तै निस्कने कृष्णप्रसाद भट्टराई थिए । देशको विकास र उन्नति मेरो पहिलो प्राथमिकता हो भन्ने मनमोहन अधिकारी पनि थिए । ती राजनीतिका हस्तीहरू आफू र आफ्नालाई केन्द्रमा राखेर राजनीति गर्ने व्यक्ति थिएनन् । उनीहरूका अघि देश थियो । उनका अघि नेपाली जनता थिए । उनका अघि राणा र पञ्चायतले खोक्रो पारेको अर्थव्यवस्था थियो । उनीहरूलाई देश कसरी अघि बढ्छ भन्ने चिन्ता र चासो थियो ।
उनीहरूले कहिल्यै पनि राजनीतिलाई आफ्नो बपौती मानेनन् । देशको विकास र उन्नति माने । उनीहरू रहँदासम्म देश कहिल्यै पनि राजनीतिको क्रीडास्थल बनेन । उनीहरूसित त्याग, तपस्या र देशको भविष्यका लागि चिन्ता थियो । त्यसैले तिनीहरूको राजनीतिक भविष्य कहिल्यै पनि सुरक्षित रहेन । तत्लो पुस्ताले उनीहरूलाई जहिले पनि सत्तोसराप नै गरेको देखियो । आजका राजनीति नेताहरू पनि आफूलाई तिनकै शिष्य मानेर अघि बढेका छन् । सोच र प्राथमिकता मात्र परिवर्तन भएको हो ।
उनीहरूको प्राथमिकता देश थियो । यिनीहरूको प्राथमिकता आफू र आफन्त बनेका छन् । यही नै आजको राजनीतिको मियो बनेर देखियो । देशको पहिचान आज राजनीति गर्ने व्यक्तिको केन्द्र रहन सकेन । आज समय फेरियो । राजनीति बदलियो । राजनीति गर्ने व्यक्तिहरू परिवर्तन भए । उनीहरूका अघि देशको विकास र उन्नति आउन सकेन । आफन्तलाई पोस्ने र जागिरमा आफ्ना र आफन्तलाई कसरी हुन्छ अघि बढाउने ध्यान मात्र रहेको देखियो ।
आज नेपाली जनतामा असन्तुष्टि छ । राजनीतिक कार्यकर्तामा असन्तुष्टि देखिएको छ । खान नपाएका कार्यकर्तामा असन्तुष्टि छ । वर्षौंदेखि पदमा आशीन रहने आफूभन्दा तलका सधैँ कमजोर ठान्ने प्रवृत्तिमा असन्तुष्टि छ । यस्तो असन्तोष किन आयो यो जान्ने हैसियत आजको राजनीति गर्ने व्यक्तिमा देखिएको छैन । उसलाई त आफू कहिलेसम्म बाँचिन्छ र पदमा रहन सकिन्छ भन्ने भावनामात्र देखापरेको छ । यही हो आजको असन्तोष । युवामा असन्तोष जागेको छ । नेपालका प्रत्येक क्षेत्रमा भएको राजनीतिक हस्तक्षेपप्रति असन्तोष छ ।
विदेशमा अध्ययन गर्न गएको युवामा असन्तोष छ । देशमा काम नपाएर बाहिरिएको पुस्तामा असन्तोष छ । यो असन्तोष व्यक्ति केन्द्रित भएन । राजनीतिक क्षेत्रमा चुलिएर आयो । राजनीतिमा सम्भावनाको खोजी गर्न थाले शिक्षित युवाले । आफू होमिए राजनीतिमा । राजनीतिमा आफूलाई मात्र होमेनन् देशको काँचुली फेर्न तम्सेको राजनीतिक दललाई धक्का हुने गरी आफूलाई उतारे । यो असन्तोषलाई बाहिर ल्याउन दिनु हुँदैनथ्यो राजनीतिक दलका नेता र कार्यकर्ताले तर त्यसो हुन सकेन ।
बढ्दै आक्रोश
मानिस हरेक क्षेत्रमा सन्तोषी हुन सक्दैन । सन्तोष भयो भने मानिसले प्रगति गर्न सक्दैन । असन्तोषमा मानिस बाँच्न पनि सक्दैन तर राजनीतिमा देखिएको असन्तोष आक्रोशमा चुलिन थाल्यो । आक्रोश देशप्रति होइन । आक्रोश त देशको व्यवस्था र राजनीति गर्ने नेताका पछि देखिन थाल्यो । यो असन्तुष्टि असन्तोष मात्र भएन आक्रोशका रूपमा देखिनुलाई गणतन्त्रको राम्रो सङ्केत मान्न सकिने आधार पनि छैन । यही असन्तोषले बङ्गलादेश र श्रीलङ्काको अवस्था सिर्जना गर्न सक्दैन भन्ने आधार राजनीति गर्ने नेतासित छैन । आक्रोशलाई आजको पुस्ताले गुम्स्याएर राखेको छैन ।
उच्च शिक्षा दिने विश्वविद्यालय समस्या र विद्यार्थीले लगाएका तालामा सङ्कटग्रस्त बनेका छन् । हामीले दिएको शिक्षाले विद्यार्थीलाई नेपालमा बस्ने आधार दिन सकेको छैन । हामीले दिने शिक्षा विदेशी भूमिका लागि भयो । विद्यार्र्थी राजनीतिमा प्रवेश गरेपछि उसको अध्ययनको बाटो बाहिर आउन सकेको छैन ।
उसले आक्रोशलाई छताछुल्ल पारेर निकाल्ने प्रयास गरेको छ । आजको समयमा सामाजिक सञ्जालमार्फत निस्केको असन्तोष आउँदो निर्वाचनमा निस्कन सक्दैन भन्ने आधार आजका नेतासित छैन । यो असन्तुष्टि देशको हितमा छ भन्ने आधार पनि छैन । नेपालको राजनीतिमा ठूला दल नै शासकीय आरोहण गर्ने पार्टी हुन् । यो असन्तुसष्टि व्यवस्थाप्रति होइन ।
युवाको सक्रियता र उनीहरूले गरेको योगदानबाट नै देशमा गणतन्त्र आएको हो । गणतन्त्रका नायक भने राजनीतिक दलसित आबद्ध भएका उच्च राजनीतिक व्यक्ति हुन् । नेपाली युवा र उनीहरूको सक्रियता राजनीतिको मियो बनेको हो तर आज त्यही पुस्ताले असन्तोषलाई बाहिर ल्यायोे । असन्तोष आफैँमा आक्रोश बनेर देखिन थालेको छ । यो आक्रोश देशका नागरिकका लागि होइन । यो आक्रोश व्यवस्थाका लागि पनि होइन । यो आक्रोश त आफन्तवादमा रमेको स्वार्थी राजनीतिप्रति हो । राजनीति निःस्वार्थ हुन्छ भन्ने होइन । राजनीति सेवा हो । सेवाको भावनामा राजनीति रमेको हुनुपर्दछ । सेवाबाट मेवा मिल्छ भन्ने सोच राजनीतिको केन्द्र हुनु आवश्यक थियो ।
नेपालको सन्दर्भमा भने त्यसो हुन सकेन । मेवा पहिले आयो । सेवाको भाव राजनीतिबाट बाहिरियो । मेवामा रमाउने राजनीतिज्ञ हावी भए । सेवाभावलाई जीवन र राजनीतिको केन्द्र मान्ने पुस्ता कमजोर हुन थाल्यो । त्यसैले कार्यकर्ताबाहेक हरेक क्षेत्रमा आक्रोश देखिन थालेको छ । उच्च शिक्षा दिने विश्वविद्यालय समस्या र विद्यार्थीले लगाएका तालामा सङ्कटग्रस्त बनेका छन् । हामीले दिएको शिक्षाले विद्यार्थीलाई नेपालमा बस्ने आधार दिन सकेको छैन । हामीले दिने शिक्षा विदेशी भूमिका लागि भयो । विद्यार्थी राजनीतिमा प्रवेश गरेपछि उसको अध्ययनको बाटो बाहिर आउन सकेको छैन ।
असन्तुष्टिलाई आक्रोशमा रोक्न सक्ने राजनीतिको खोजी गरौँ । आफ्ना र आफन्तलाई राजनीतिमा प्रवेश निषेध गरौँ । देशको विकासका लागि समर्पित राजनीतिक व्यक्ति उसको राजनीतिक लगानीलाई सम्मान गर्ने आधार दिने प्रयास गरौँ । सामाजिक सञ्जालमा आएको असन्तोष र आक्रोशलाई कानुनबाट होइन राम्रा काम गरेर परास्त गरौँ । सामाजिक सञ्जालमा देखिएको असन्तोषमा कानुनले केही गर्न सक्दैन । देशलाई विकासको आाधारमा अघि बढाऔँ । राजनीतिलाई स्वार्थको बाटोमा नलैजाऔँ । देशका हरेक क्षेत्रमा देखिएका विसङ्गत पक्षलाई सुधार गर्ने वाचा गरौँ र मात्र देशको राजनीतिले निकास पाउन सक्ने आधार रहनेछ ।
आफूलाई बडा मान्ने र आफ्नो कामलाई सर्वसम्मत मान्ने प्रवृत्तिको अन्त्य गर्नु आवश्यक मानिएको छ । यही आधारलाई केन्द्रमा राखेर राजनीति गरियो भने विकासको अवस्था कमजोर हुन सक्दैन । राजनीति असन्तोष होइन । राजनीति कमाउने धन्दा पनि होइन । राजनीति त देशको विकास र उन्नतिलाई गतिशीलता दिने आधार हो । यही आधारलाई गतिशील तुल्याउने राजनीतिको आवश्यकता नेपाली र नेपालले चाहेको छ । यसैमा केन्द्रित भइयो भने देश र देशको विकास द्रूत गतिमा अनिवार्य रूपमा हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच