
हेटौँडा। मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले पूर्वाधार निर्माणबाट मात्र मुलुकले समृद्धि प्राप्त गर्ने बताउनुुभएको छ ।
निर्माण व्यवसायी संघ मकवानपुरले बिहीबार हेटौँडामा आयोजना गरेको प्रमुख जिल्ला अधिकारी श्रेष्ठ, हेटौँडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत गौतम र सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र प्रसाद कंडेलको स्वागत तथा सम्मान कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले निर्माण व्यवसायी संघसँग निर्माण व्यवसायीका समस्यालगायतका सवालमा सहकार्य र समन्वय गर्न स्थानीय प्रशासन तयार रहेको भन्दै हतारमा ठेक्काको काम लिने र विभिन्न समस्या देखाएर काममा ढिलाई गर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभयो ।
कतिपय निर्माण व्यवसायीले काम लिएर समयमा जिम्मा पुरा गरेका छैनन् र सरकारले निर्माण व्यवसायीले गरेका कामको समयमा भुक्तानी दिन सकेको छैन प्रजिअ श्रेष्ठले भन्नु्भयो, 'दुवैतर्फबाट समस्या छ, हामी हाम्रोस्तरबाट हुने समस्या समाधान गर्छौ नहुने काममा माथिल्लो निकायमा समन्वय र सहजीकरण गछौँ ।'
उहाँले निर्माण व्यवसायीले धेरै कममा ठेक्का सम्झौता गर्दा र समयमा काम सम्पन्न नहुँदा समस्या आएकोले विश्वास जितेर काम गर्न भन्दै संघलाई निर्माण व्यवसायीको क्षमता विकासका काम गर्न सुझाउनुभएको थियो ।
हेटौँडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत गौतमले उपभोक्ता समितिबाट भन्दा निर्माण व्यवसायीबाट हुने काममा अनुगमन गर्न सहज हुने धारणा राख्दै निर्माण व्यवसायीका समस्या समाधान छलफल र समन्वयबाट समाधान गर्न तयार रहेको बताउनुभयो ।
यसअघि संघका अध्यक्ष बाल गोपाल कंडेलले प्रजिअ श्रेष्ठ, हेटौँडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम र सहायक प्रजिअ कंडेलको स्वागत तथा सम्मान गर्दै निर्माण व्यवसायीले गरेको कामको समयमा भुक्तानी नपाउनेलगायतका निर्माण व्यवसायीका समस्याका बारेमा ध्यानाकर्षण गराउनुभएको थियो ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष सागर कटुवाल र महासचिव राजेन्द्रप्रसाद चौलागाईले फलामे रड, सिमेण्टलगायतका निर्माण सामग्रीको अस्वाभाविक मूल्य गरिएकोमा आपत्ति जनाउँदै मूल्य वृद्धि नियन्त्रणमा सरकारको ध्यान नगएको बताउनुभयो । उहाँहरुले उपभोक्ता समितिमार्फत काम गराउँदा राज्यले कर गुमाउँदै आएको र गुणस्तरमासमेत समस्या देखिएको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच