
काठमाडौं । विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी आज विश्व कविता दिवस मनाइँदै छ । सन् १९९९ मा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)ले हरेक मार्च २१ तारिखलाई विश्व कविता दिवसका रूपमा मनाउने घोषणा गरेको थियो ।
सन् २०२५ को विश्व कविता दिवसको नारा ‘शान्ति र समावेशिताका लागि कविता एउटा सेतु’ भन्ने रहेको छ । यस नाराले शान्ति, समावेशिता र सिर्जनशीलता प्रवद्र्धन गर्न कविताले खेल्ने रूपान्तरणकारी भूमिकालाई उजागर गर्ने उद्देश्य राखेको छ । यस अवसरमा विश्वभर र नेपालमा पनि कविता वाचन, काव्य गोष्ठी, रचनात्मक कार्यशाला र विविध सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिँदै शान्ति र समावेशिताको सन्देश प्रवाह गरिन्छ ।
यस दिवस मनाउने उद्देश्य कवितामार्फत भाषिक विविधता प्रवद्र्धन गर्ने, लोपोन्मुख भाषाहरूको संरक्षण गर्ने र विश्वभरका कविहरूको योगदानलाई सम्मान गर्ने हो । चार हजार वर्षअघि बेबिलोनमा पहिलो कविता रचना भएको मानिन्छ ।
नेपालमा सन् २००२ देखि कविता दिवस मनाउन थालिएको हो । कविता जुन भाषामा लेखिएको भए पनि यसले मानवीय संवेदना, साझा प्रश्न, साझा भावनालाई समेट्ने बुझाइ रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच