
काठमाडौं । युरोपेली च्याम्पियन्स लिग फुटबलको मंगलबार भएको क्वार्टर फाइनलको पहिलो लेगमा आर्सनलले रियल म्याड्रिडलाई ३–० को फराकिलो अन्तरले हराएको छ।
आर्सनललाई जित दिलाउने क्रममा डकेलान राईले दोस्रो हाफमा दुई उत्कृष्ट फ्रिकिक गोल गर्नुभयो । खेलको ५८ औँ मिनेटमा राइसले प्रहार गरेको घुमाउरो फ्रिकिक रोक्नका लागि रियलका लागि थियाबोट काउरटिसले कुनै मौका नै पाउनुभएन । त्यसको १२ मिनेटपछि नै राइसले अर्को गोल गरे। ७५ औँ मिनेटमा माइकल मेरिनोले आर्सनलका लागि अर्को गोल गर्नुभयो ।
इन्जुरीको समयमा दोस्रो पहेँलो कार्ड स्वरूप रातो कार्ड पाउँदै रियलका एडुवार्डो काभाभिङ्यो बाहिरिनुभयो । सन् २००९ पछि च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश नगरेको आर्सनलले यस पटक भने सो मौका पाएको छ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच