
-शुभाकर विश्वकर्मा
नेपालगञ्ज । बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ६ मा ७ वर्षीया बालिका बलात्कृत भएकी छन् । चैत २७ सोही वडाका ५५ वर्षीय वृद्धले ती बालिकालाई बलात्कार गरेका हुन् ।
इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार बालिकामाथि जवरवस्ती करणी आसय व्यक्त गरेको आरोपमा पीडक सोही वडाका दिल बहादुर खत्री (५५) लाई पक्राउ गरिएको छ ।
खत्री यतिबेला इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेको हिरासतमा छन् । उनीमाथि नाबालिकालाई चुम्बन गरेको, योनीको औँला घुसाएको र करणी प्रयास गरेको आरोप लगाइएको छ ।
पार्वतीपुरकी ती नाबालिकामाथि जवरजस्ती करणी प्रयास (आसय व्यक्त गरेको) जाहेरीपछि खत्रीलाई प्रहरीले सोही दिन पक्राउ गरेको थियो ।
उहाँमाथि म्याद थप भएको घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
पीडित बालिका, प्रहरी चौकी सम्झना र इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार घटना कसरी भयोे ?
घटना बैजनाथ गाउँपालिका वडा नम्बर ६ पार्वतीपुरको । करणी प्रयास भएको दिन २०८१ चैत २७ गते हो । पीडित बालिका र उनकी आमाले प्रहरीसँगको बयान र जाहेरीमा उल्लेख गरे अनुसार उक्त कार्य विहान साढे १० बजेतिरको समयमा भएको हो । पीडित बालिकाको भनाइ उद्धृत गर्दै प्रहरी चौकी सम्झनाका प्रहरी प्रमुखले भन्नुहुन्छ, ‘विहान साढे दश बजेतिरको घटना हो । घरमा नाबालिका र उनका भाईसँगै थिए । उनीहरु मोबाइल हेरिरहेका थिए । आमा भने काम विशेषले छिमेकीको घरमा गएकी थिइन् ।’
खत्री घरैमै बसिरहेको बेला एक्कासी घरमा छिर्नुभएको थियो । सुरुमा उहाँले दुवै जनासँग सामान्य कुराकानी गरेको पीडित बालिकाको भनाइ छ । केही समयपछि नानी आउ बाहिर जाउ भन्दै खत्रीले नजिकैको मकै बारीमा लिएको पीडित नाबालिकाको भनाइ छ । पीडितले भनेकी ‘मकैबारीमा लिन बित्तिकै चुम्बन गरे । शरिरका विभिन्न भागमा छोए । यौनीमा औँला छिराइदिए । पछि लगाएको कट्टु छडाएपछि डराए र भागे ।’ मकैबारीबाट पीडित नाबालिका रुदैँ कराउँदै सिधै छिमेकीको घरमा रहेकी आमा कहाँ पुग्छिन् । घरमा मोबाइल दिएर छोडेकी छोरी रुदैँ आएपछि सम्झाइ बुझाई गर्दा पीडित नाबालिकाले घटनाबारे बेलिविस्तार लगाएपछि साधु भनिएका बाबाको कर्कुत बाहिरिएको हो ।
छोरीमाथि बर्बर अपराधको आसय व्यक्त भएको आमाले थाहा पाएपछि हो–हल्ला भयो । लगत्तै आमा छोरीको न्यायका लागि नजिकैको प्रहरी चौकी सम्झना पुगिन् । प्रहरी चौकी सम्झनाका प्रमुख मान बहादुर थापा नाबालिकामाथि करणी प्रयास भएको गुनासो आएपछि लगत्तै इलाका प्रहरी कार्यालयमा खबर गरेर पीडकलाई पक्राउ गरिएको बताउनुहुन्छ । इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी धर्मराज भण्डारीले पीडितको जाहेरी पश्चात खत्रीलाई पक्राउ गरिएको बताउनुभयो । उहाँका अनुसार निजलाई पक्राउ गरी जवरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेर म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच