
काठमाडौं । नेपालमा आइतबारदेखि सुरु हुने आइसिसी पुरुष यु–१९ विश्वकप छनोटमा घरेलु टोलीसहित पाँच राष्ट्रका कप्तानले राम्रो क्रिकेट खेल्ने आशा व्यक्त गरेका छन् ।
काठमाडौंमा आईतवारदेखि नेपालसहित टेस्ट राष्ट्र अफगानिस्तान, संयुक्त अरब इमिरेट्स ९युएई०, ओमान र हङकङले यु–१९ विश्वकप छनोट खेल्दैछन् । उक्त छनोटका खेलहरू माथिल्लो मूलपानी क्रिकेट मैदान र तल्लो मूलपानी क्रिकेट मैदानमा हुनेछन् । यस छनोट प्रतियोगिताको विजेताले सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने विश्वकप खेल्नेछ । नेपालले अघिल्लो संस्करणको छनोट विजेता बन्दै विश्वकप खेलेको थियो । छनोट प्रतियोगिताअगाडि शनिबार भएको पत्रकार सम्मेलनमा नेपालका कप्तान नरेन भट्टले लामो समयदेखि विश्वकपको तयारी गरिरहेकाले यसपल्ट पनि सुखद नतिजाको आशा गरेका छन् । उनले लामो समयदेखि तयारी गरिरहेको र केही अभ्यास खेलहरू पनि खेलेको उल्लेख गरे ।
यस क्रममा दिल्लीको टिम र अफगानिस्तानको यु–१९ टोलीसँगको अभ्यास खेलमा पनि राम्रो प्रदर्शन भएको उनको भनाइ थियो । त्यसैले पनि घरेलु मैदानमा राम्रो प्रदर्शन गर्दै छनोट हुने नेपाली टोलीको लक्ष्य छ । नेपाली युवा टोलीले केही दिन अगाडि मात्र अफगानिस्तानको टोलीसँग २–१ ले शृंखला गुमाएको थियो । दिल्लीको टोलीसँग भने युवा टोलीले शृंखल आफ्नो बनाएको थियो । हङकङ यु–१९ क्रिकेट टोलीका कप्तान शिव माथुरले यस प्रतियोगिता युवा क्रिकेटरका लागि आफ्नो क्षमता प्रदर्शन गर्ने ठूलो अवसर रहेको उल्लेख गरे । उनले पनि तयारी धेरै राम्रो रहेको बताएका छन् । गत डिसेम्बर र फेब्रुुअरीमा पनि आफ्नो टोलीले अभ्यास खेल खेलेको उनले उल्लेख गरे ।
यस क्रममा नेपाल यु–१९ टोलीसँग र त्यसपछि मलेसियाको शृंखलाबाट धेरै पक्षमा सुधार भएको उनी बताउँछन् । यी शृंखलाबाट तयारी गर्ने राम्रो अवसर मिलेको उनको भनाइ छ । त्यसैले यो ठूलो चुनौतीका लागि आफूहरू तयार नै रहेको हङकङका कप्तान माथुर बताउँछन् । उनले उत्कृष्ट खेलाडी र टिमसँग खेल्नका लागि हामी आतुर धारणा राखेका छन् । अफगानिस्तान यु–१९ टोलीका कप्तान महबुब तस्किनले पनि राम्रो तयारी गरेकाले छनोट प्रतियोगिताका लागि तयार रहेको बताए । उनले तीन हप्ताअगाडि नै नेपालमा आएर विश्वकप क्वालिफायरको तयारी गरेको उल्लेख गरे । यसबीच केही अभ्यासहरू गरेको र नेपालसँगको शृंखलामा जित पनि निकालेको उनले उल्लेख गरेका छन् ।
त्यसैले यो ठूलो प्रतियोगिताका लागि तयारी रहेको र आगामी खेलमा केन्द्रित हुने उनको भनाइ छ । युएईका कप्तान पृथ्वी मधुले पनि यस छनोटमा राम्रो प्रदर्शन गर्ने आशा गरेका छन् । उनले तयारी राम्रो भएको र टोलीका सबै खेलाडीले एकअर्कालाई २/३ वर्षदेखि राम्रोसँग बुझेकाले यस प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने आशा गरेका छन् । केही दिन यता नेपालमा पानी परेकाले त्यसको पर्ने हो की भन्ने चिन्ता पनि उनले व्यक्त गरे । यद्यपि, यस प्रतियोगितामा धेरै राम्रो खेल्ने उनको विश्वास छ । यस क्रममा उनले सबै टोलीलाई शुभकामना पनि दिन दिए । ओमानका कप्तान राहिल हबिबुल्लाले राम्रो व्यवस्थापनका लागि क्यानलाई धन्यवाद दिए ।
उनले पनि आफ्नो टोलीले तयारी राम्रो गरेको उल्लेख गरेका छन् । ओमानका कप्तानले पनि नेपालमा केही दिनयता वर्षा भैरहेकाले त्यसको असर पर्ने हो की भन्ने चिन्ता व्यक्त गरे । तर, आशा गरौं खेलमा कुनै पनि असर पर्ने छैन उनले उल्लेख गरेका छन् । उनले राम्रो क्रिकेट खेल्ने प्रयास गर्ने बताएका छन् । यसबीच आफ्नो टोलीले राष्ट्रिय टोलीसँग पनि खेल्ने अवसर पाएको उनले उल्लेख गरेका छन् । जसले गर्दा यस प्रतियोगितामा मद्दत पुग्ने उनको विश्वास छ । उनले टिम सन्तुलित रहेको र आगामी खेलका लागि तयार रहेको बताएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच