
कपिल अर्याल
शुद्धोधन गाउँपालिका भौगोलिक, सांस्कृतिक, राजनीतिक र आर्थिक रूपमा समृद्ध नमुना पालिका बन्दै गएको सबैमा सर्वविदितै छ । उक्त पालिकाभित्रको बहुपक्षता भनेकै बहुजातीय, बहुभाषी, बहुधार्मिक जनसांखिक बनावट हो । लुम्बिनी प्रदेश रूपन्देही जिल्लामा पर्ने यो पालिका नेपालको २०७२ को संविधान बमोजिम २०७३ साल फागुन २७ गतेबाट साविकको सौ फर्साटिकर, मानपकडी, मानमटेरिया र ख.वनगाईको समायोजनबाट समायोजित भई सातवटा वडामा सीमित भएको पालिकाको रूपमा परिचित छ । ५७.६६ वर्ग किमिमा फैलिएको यस पालिका पूर्वमा तिलोत्तमा नगरपालिका पश्चिममा गैडहवा गाउँपालिका उत्तरमा सैनामैना नगरपालिका र बुटवल उपमहानगरपालिका, दक्षिणमा सियारी, मायादेवी गाउँपालिकाद्वारा श्रीगांरिक पालिका हो । उष्ण प्रदेशीय हावापानी भएको यस पालिका समुद्र सतहदेखि ९२ मिटर उचाइमा अवस्थित छ । ८३.४१६० पूर्वी देशान्तर र २७.६२३५ उत्तरी अक्षांशमा अवस्थित यस पालिकाको कार्यालय भने शुद्धोधन वडा नं ५ मानपकडीमा रहेको छ ।
समाजसेवी, बुद्धिजीवी, राजनीतिकर्मीको सहायता र सकारात्मक चिन्तनले शुद्धोधनको भौतिक, नैतिक र सामरिक विकासमा ऐतिहासिक सफलता प्राप्त गरेको छ । १३औं स्थानदेखि पाँचौं स्थानमा प्रगति हासिल गर्नु विल्कुलै सामान्य विषय थिएन तर जनप्रतिनिधि, कर्मचारीको विशेष विगतको परिणामको चिन्तन र भविष्यको गृहकार्यका कारण सफल भएको महसुस गर्न सकिन्छ ।
शुद्धोधन गाउँपालिका वास्तवमा परिवर्तनको क्रमिक विकाससँग परस्पर हुँंदै गएको छ । भौतिक पूर्वाधारमा यो एक दशकमा असाधारण प्रगति हासिल गरिसकेको छ । लिजा नामक एक संस्थाको स्वमूल्यांकन प्रतिवेदन अनुसार विभिन्न विधाअन्तर्गत शासकीय प्रबन्धमा ८८.८९, संगठन तथा प्रशासनमा १००, वातावरण संरक्षण तथा विपद् व्यस्थापन ७७.७८, भौतिक पूर्वाधारमा ७६.९२, न्यायिक कार्य सम्पादनमा १०० अंकलगायत विषयक्षेत्रमा स्वमूल्यांकन गरी १३औं स्थानदेखि यस आर्थिक वर्षमा पाँचौं स्थानमा नतिजा प्राप्त गर्न सफल भएको छ । यो गर्भिलो र ऐतिहासिक सफलता शुद्धोधनवासीले प्राप्त गर्न सफल भएका छन् जसका कारण शुद्धोधन गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र राजनीतिक्रमीका लागि मुख्य श्रेय दिन वाञ्छनीय हुन्छ ।
‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार’ सुशासन समृद्धि शुद्धोधन गाउँपालिकाको मूल आधार भन्ने रणनीतिक योजना यस पालिकाको रहेको छ । उक्त दीर्घकालीन दृष्टिकोणका साथ यहाँको राजनीतिक, सामाजिक र आर्थिक रूपान्तरणका लागि यस पालिकाले लोकतन्त्रका मूल्य, मान्यता पालना तथा स्थापित गर्दै संविधानले प्रदत्त गरेका नागरिक अधिकार, ऐन कानुन, विधि-विधानमा रही आमनागरिकमा राजनीतिक चेतना अभिवृद्धिका साथै असल साशन र सुशासनका लागि पहल गरिरहेको सर्वविदितै छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को मर्मनुसार ऐनले निर्दिष्ट गरेका काम, कर्तव्य र अधिकारका सवालमा नियमित सार्वजनिक सुनवाइ जस्ता कार्यक्रम गरी जनताका जनगुनासोलाई सम्बोधन गर्ने गरेको छ ।
आर्थिक वर्ष २०८१/०८२ मा यस शुद्धोधन गाउँपालिकाले डिजिटल ई- सिफारिश लागू गरेर लुम्बिनी प्रदेशमै डिजिटल शेवा युवायुक्त पालिकाको परिचय स्थापना गरेको छ । प्रसाशनिक इकाइको आवश्यकता बमोजिम यस पालिकाले समृद्ध पालिकाको अवधारणा, आवश्यकता अनुसार विगत, वर्तमान र भविष्यको मार्गचित्रका साथ आमनागरिकको सहजीकरणका लागि इलाका प्रसाशन कार्यालय स्थापना गरिसकेको छ । शिक्षा समाजको ऐना हो । यही मूलमन्त्रलाई आत्मसाथ गर्दै शिक्षा क्षेत्रको विकासका लागि यस पालिकाले शिक्षक, कर्मचारी र अभिभावकबीच समन्वयात्मक संस्कृतिको विकासमात्र नभएर समग्र शैक्षिक अवस्था परिवर्तनका लागि शैक्षिक महोत्सव, शैक्षिक अन्तक्र्रिया शैक्षिक मनोपरामर्ष जस्ता कार्यक्रम सम्पन्न गरेको छ । समग्रतामा लुम्बिनी प्रदेशमै यहाँका विद्यालय, क्याम्पसमा अध्ययनरत छात्रछात्राले उत्कृष्ट नतिजा प्राप्त गरिसकेका छन् । जसका ज्वलन्त उदाहरण पालिकाको शिक्षा शाखाको अभिलेखालयमार्फत प्राप्त गर्न सकिन्छ ।
भू-भागीय दृष्टिकोणले यो पालिकाको अधिकांश क्षेत्र कृषि योग्य छ जसका कारण यसलाई कृषि हब क्षेत्रको रूपमा परिभाषा गर्न सकिन्छ । यस पालिकाले किसानहरूको हक संरक्षणमा मात्र केन्द्रित नभएर कृर्षि, पशुपालन क्षेत्र नेपालको अर्थतन्त्र सूचांक परिवर्तनको अमुक कडी भएको जिकिर गर्दै अनुदानमा आधारित फलफूल खेती, बिउ अनुदान, तरकारी खेती, बाख्रा पालन, च्याउ खेती, याान्त्रीकरण तथा औजार वितरणलगायत क्षेत्रमा काम गरिरहेको छ । खोप कार्यक्रमअन्तर्गत खोप सेवा, रेबिजविरुद्धको खोप र पशुपक्षीका औषधोपचारका निम्ति औषधि वितरण कार्यक्रम गरिसकेको छ ।
स्वास्थ्य क्षेत्र संवेदनशील र संयमित क्षेत्र हो । शुद्धोधन पालिका आफू मातहतका वडा कार्यालयमा सञ्चालित स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्र, प्राथमिक उपचार केन्द्रबाट प्रदान गरिने स्वास्थ्य सेवाहरू नियमितरूपमा प्रदान गरिरहेको छ । मोतियाविन्दु अपरेसनका लागि यस पालिकाले आमनागरिकलाई निःसुल्क सेवा प्रदान गरेको छ । गरिब, विपन्न र असैहृयलाई स्वास्थ्योपचारार्थ आर्थिक सहायता पनि गर्दै आएको छ । निर्माणधीन र प्रक्रियामा रहेको शुद्धोधन-४ स्थितको १५ शैøया मोतिपुर अस्पताल (हाल मोतिपरु प्राथमिक स्वास्थ्य केन्दमा अत्याधुनिक यन्त्रसहित विशेषज्ञमार्फत चेक जाँच सेवा, रेबिजविरुद्धको खोप कार्यक्रम, मानसिक रोगसम्बन्धी मासिक परामर्ष तथा उपचारलगायत कार्यक्रम सञ्चालन भइरहेका छन् । जसका कारण पालिकाको समग्र विकासमा ऊर्जा थप भएको छ । पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडा कार्यक्रमले सफलता प्राप्त गरिसकेको छ । कुपोषण, क्षयरोग र पोषण कार्यक्रमलाई फिलहालले तीव्रता पाएको छ । नेपाल सरकारका निर्धारित स्वास्थ्य कार्यक्रम निरन्तर सञ्चालन भइरहेका छन् । रोगको पहिचान, जोखिम, उपचार र न्यूनीकरण अल्पकालीन र दीर्घकालीन लक्ष्य रहेका छन् ।
लोक कल्याणकारी राज्यमा विधिको साशन अमुख हुन्छ । गाउँसभा र कार्यापालिका स्थानीय सरकार सञ्चालन ऐन अनुसारका विधि, विधान हुन् । टोल विकास, वडा कार्यालय आमनागरिकबाट प्राप्त भएका सुझाव, लक्ष्य, दृष्टिकोण, योजनापत्र आदिलाई व्यवस्थित रूपमा योजना तर्जुमा गरी कार्यपालिका तथा गाउँसभाबाट पारित गर्ने गरिन्छ ।
संस्कृति, पर्यटन, खेलकुद र रोजगार क्षेत्रमा यस शुद्धोधन गाउँपालिकाले तमाम चुनौतीका बाबजुद सफलता हासिल गर्दै गएको छ । थारू, मधेसी बहुल संस्कृति भएको यस पालिकामा दर्वाहा, सियाभार, शुद्धोदन पार्क जस्ता सांस्कृतिक क्षेत्रमा गाउँपालिकाले पर्यटन गुरुयोजना निर्माण गरिरहेको छ । शुद्धोधनको नाम परिवर्तन गरी शुद्धोदन कायम गर्न बौद्ध विश्वविधालयका प्राज्ञिक वर्गसँग सम्वाद गरिरहेको छ भने गाउँपालिका को लोगो, पालिकागान निर्माण सम्पन्न गरिसकेको छ । यसले पहिचान तथा सांस्कृतिक र पर्यटन विकासमा भविष्यगत टेवा पुग्नेमा पालिका विश्वस्त छ । खेलकुद क्षेत्रमा खेलकुद समिति निर्माण र समितिमार्फत पालिका स्तरीय भडिबल, फुटबललगायत कार्यक्रम सम्पन्न भएका छन् । सम्पन्न खेलकुद महोत्सव पालिकाको उपलब्धि हो ।
खेलकुदमा बजेट विनियोजन र वडा कार्यालयबाट वितरण हुने खेलकुद सामग्रीले खेलाडीको मनोवल र शारीरिक विकासमा थप ऊर्जा प्रदान गरेको छ । रोजगार पर्वद्धनमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमलाई व्यवस्थितगरी गरिब विपन्न र लक्षित वर्गलाई १०० दिन बराबर पारिश्रमिकमा आधारित रोजगार प्रदान राष्ट्रिय कार्यक्रमलाई प्रोत्साहन गरेको छ । विभिन्न सीपमूलक तालिमसमेत संस्थागत रूपमा वा पालिका स्तरीय योजनाको रूपमा सम्पन्न गराउँदै समुदायमा हातेमालो कार्यक्रम भविष्यमा गराउने योजना लिएको छ । सीप, तालिम सञ्चालन गर्दै दक्ष जनशक्ति उत्पादन क्षमता अविवृद्धि गर्ने यस पालिकाको सुदूर लक्ष्य रहेको छ ।
लोक कल्याणकारी राज्यमा विधिको शासन अमुख हुन्छ । गाउँसभा र कार्यापालिका स्थानीय सरकार सञ्चालन ऐन अनुसारका विधि-विधान हुन् । टोल विकास, वडा कार्यालय आमनागरिकबाट प्राप्त भएका सुझाव, लक्ष्य, दृष्टिकोण, योजना पत्र आदिलाई व्यवस्थित रूपमा योजना तर्जुमागरी कार्यपालिका तथा गाउँसभाबाट पारित गर्ने गरिन्छ । न्यायिक निरुपणका सन्र्दमा यस पालिकाले लिजा रिर्पोट अनुसार सतप्रतिशत अंक प्राप्त गर्न सफल भएको छ । त्यो अर्थमा आमनागरिकका न्यायिक पक्षमा पालिका अग्रसर भएको नतिजाले पुष्टाउँछ । पालिकाको मातहतमा रहेका विभिन्न विषयगत समिति तथा उपसमितिमार्फत यस पालिकाले विधेयक, आर्थिक, वातावरण तथा विपद् व्यवस्थापन, राजस्व परामर्ष, अनुगमन समिति, सामाजिक र पूर्वाधार विकासलाई जवाफदेही र परिणाममुखी बनाई उल्लेखनीय उपलब्धि हासिल गरेको छ ।
शुद्धोधन गाउँपालिकाका कर्मचारी, जनप्रतिनिधि, बौद्धिक तथा प्राज्ञिक वर्गविना यो सम्भव थिएन । समाजसेवी, बुद्धिजीवी, राजनीतिकर्मीको उल्लेखनीय सहायता र सकारात्मक चिन्तनले शुद्धोधनको भौतिक, नैतिक र सामरिक विकासमा ऐतिहासिक सफलता प्राप्त गरेको छ । १३औं स्थानदेखि पाँचौं स्थानमा प्रगति हासिल गर्नु विल्कुलै सामान्य विषय थिएन तर जनप्रतिनिधि, कर्मचारीको विशेष विगतको परिणामको चिन्तन र भविष्यको गृहकार्यका कारण सफल भएको महसुस गर्न सकिन्छ । लोक कल्याणकारी राज्यमा विधिको साशन अमुख हुन्छ । शुद्धोधन ४-रूपन्देही ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच