कोका-कोला मोमोत्सवको आठौँ संस्करण सम्पन्न

Read Time = 3 mins

काठमाडौं । नेपालीहरूको प्रिय खाजा मःम र प्रिय पेयपदार्थ कोकलाई सेलिबे्रेट गर्दै कोका-कोला मोमोत्सवको आठौँ संस्करण सम्पन्न भएको छ । कोका-कोलाले विगत आठ वर्षदेखि मोमोत्सव आयोजना गर्दै आएको छ । यस वर्ष कोक मोमोरी फेस्ट पोखरा, धरान, काठमाडौं, भरतपुर र भक्तपुर गरी सबै प्रमुख शहरमा आयोजना भएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार भक्तपुरमा ‘भक्तपुर कुकिङ’ कार्यक्रमसाथ समापन भएकोे कोक मोमोरी फेस्टमा चार हजार चार सयभन्दा बढी उपभोक्ताले कुटुम्ब, स्वप्न सुमन, तृष्णा गुरुङजस्ता लोकप्रिय कलाकारको सांगीतिक प्रस्तुतिको आनन्द लिँदै उत्कृष्ट मोमोको स्वाद लिने अवसर पाएका थिए । कोक मोमोरी फेस्ट १८ हजार पाँच सयभन्दा बढी उपभोक्तालाई इमर्सिभकोक अनुभव प्रदान गरी समापन भएको छ ।

फेब्रुअरी १५ मा सुरु भएको अभियानमार्फत् कोका-कोलाले नेपालभरका एक हजारभन्दा बढी रेस्टुरेन्ट र भोजनालयसँग सहकार्य गर्दै उपभोक्तालाई छुट मूल्यमा विशेष कम्बो अफर प्रदान गरेको थियो । कोका-कोला नेपालका कन्ट्री डिरेक्टर आदर्श अवस्थीले भन्नुभयो, ‘कोका-कोला मम उत्सव एउटा बर्सेनि आउने चाडजस्तै भइसकेको छ । अझ चिसो कोक र तातो ममको कम्बोको स्वाद त सबैजनाको प्रिय नै छ । हामीलाई त पूरा विश्वास छ कि हाम्रो ग्लोबल कोक एण्ड मिल्स कन्सेप्टको सबैभन्दा राम्रो लोकल भर्सन नै कोका-कोला मःम उत्सव हो । हामीलाई खुसी लागेको छ, यसपाली कोका-कोला मःम उत्सव काठमाडौंमा मात्र सीमित नभएर अन्य मुख्य शहरसम्म पनि पुग्यो ।’ बोटलर्स नेपालका प्रबन्ध निर्देशक दीपकनाथ सेन्थिलले भन्नुभयो, ‘कोका-कोला मःम उत्सवको आठौँ संस्करणसँगै हामीले मोमोको यस्ता नोस्टाल्जिक मेमोरी सेलिब्रेट गरेका छौँ, जुन हरेक नेपालीको मनमा छ । त्यो मेमोरीलाई अझ ताजा बनाएको छ चिसो कोकले ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?