टोपबहादुर रायमाझी सहित ८ जनालाई थुनामा राख्ने आदेश उच्च अदालतद्वारा सदर

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । उच्च अदालत पाटनले टोपबहादुर रायमाझीसहित इन्द्रजित राई र टेकनारायण पाण्डे लगायत ८ जनालाई थुनामै राख्ने आदेश सदर गरेको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीससहित ८ जनालाई पुर्पक्षका लागि थुनामै राख्न  आदेश दिएको छ ।

उच्च अदालत पाटनले थुनछेकविरुद्धको पुनरावेदनउपर सुनुवाइ गर्दै रायमाझी लगायतलाई छाड्न अस्वीकार गरेको हो ।

उच्च अदालत, पाटनलले आज आफनो फैसला सुनाउँदै रायमाझी थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।

न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले उनीहरुले धरौटीमा छाड्न दिएको निवेदनलाई इन्कार गर्दै थुनामै राखेर अनुसन्धान गर्ने जिल्ला अदालत काठमाडौंको आदेश सदर गरेको हो।

थुनामै राख्न आदेश दिएकोमा रायमाझी, पाण्डे,  इन्द्रजित राई, आङ्टावा शेर्पा, केशव दुलाल र टेकनारायण पाण्डे रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?