एसियाडका लागि बास्केटबल र कबड्डीको प्रारम्भिक छनोट

Read Time = 3 mins

काठमाडौं । एसियाली खेलकुदको १९औँ संस्करणका लागि बास्केटबल र कबड्डी टोलीको प्रारम्भिक छनोट सम्पन्न भएको छ । दुवैमा महिला टोलीको प्रारम्भिक छनोट सम्पन्न भएको हो । बास्केटबलमा आठ खेलाडी छनोट गरिएको नेपाल बास्केटबल संघका सचिव फणिन्द्रमान श्रेष्ठले जनाउनुभएको छ । त्यस्तै नेपाल कबड्डी संघका महासचिव विनोद प्रजापतीका अनुसार कबड्डीमा २८ खेलाडी छानिएका छन् ।

बास्केटबलको थ्री बाइ थ्रीमा प्रतिक्षा मगर, श्रेया खड्का, गरिशा सिलवाल, विना योञ्जन, एरिका श्रेष्ठ, अमिशा घले, छिरिङ छोकी शेर्पा र मिना गुरुङ पहिलो चरणलाई छनोट हुनुभयो ।

कबड्डीमा एपिएफकी सुनिता थापा, नेपाल प्रहरीकी मानमति विष्ट, नेपाल आर्मीकी निशा बोहरा, एपिएफकी रविना चौधरी, आर्मीकी मेनुका राजवंशी, एपिएफकी जयन्ती बडू, आर्मीकी गंगा घिमिरे, लुम्बिनी प्रदेशकी सिर्जना चौधरी, आर्मीकी अनुजा कुलुङ राई, सुदूरपश्चिम प्रदेशकी सिर्जना सुनार, गण्डकी प्रदेशकी बुद्धिमाया मगर र सुदूरपश्चिमकी कलावती पन्त रहनुभएको छ ।

अन्यमा आर्मीका मिना नेपाली र इशा राई, प्रदेश १ की लक्ष्मी विश्वकर्मा, बागमती प्रदेशकी बबिता पुकुवाल, एपिएफका सविना मल्ल र कमला थापा, प्रहरीकी गंगा रासकोटी, आर्मीकी कोपिला कार्की, बागमतीकी अम्बिका कटुवाल, सुदूरपश्चिमकी सोनम चन्द, बागमतीकी पूजा दुवाल, प्रहरीकी नितु गुरुङ, प्रहरीकी राधिका खडायत, प्रदेश १ की पूजा राजवंशी, मधेश प्रदेशकी दिव्याकुमारी शाह र प्रहरीकी अर्पणा चौधरी रहनुभएको छ ।

एसियाली खेलकुदको इतिहासमा नेपालले महिला कबड्डीमा पहिलोपटक सहभागिता जनाउन लागेको महासचिव प्रजापतीले जनाउनुभयो । एसियाली खेलकुद चीनको हाङझावमा भदौ २५ देखि असोज ९ गतेसम्म हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?