पोखरामा ग्लोबलका थप दुई शाखा

Read Time = 1 min

पोखरा । ग्लोबल आइएमई बैंकले बुधबार पोखरा महानगरपालिकामा दुई शाखा सञ्चालनमा ल्याएको छ । पछिल्ला शाखासँगै बैंकको शाखा कार्यालय संख्या दुई सय ९२ पुगेको छ । बैंकले पोखरा महानगरपालिकाको १७, बिरौटा र वडा २४, पामेमा एकैसाथ दुईवटा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकले दुई सय ७० एटिएम, दुई सय ७५ शाखारहित बैंकिङ, ५१ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीन वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी आठ सय ९० भन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?