हिम पर्वत हाइड्रोले सेयर जारी गर्ने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । हिम पर्वत हाइड्रोपावरले ४२ करोड रुपैयाँ बराबरका ४२ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । जसका लागि कम्पनीले सिबिआइएल क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त सम्झौतामा हिम पर्वत हाइड्रोपावरका अध्यक्ष हिमाल गुरुङ तथा सिबिआइएल क्यापिटलका कामु प्रमुख कार्यकारी अधिकृत उज्ज्वल चन्दले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौताअनुसार सिबिआइएल क्यापिटलले हिम पर्वत हाइड्रोपावरका १४ लाख कित्ता सेयर आयोजना प्रभावित स्थानीय तथा २८ लाख कित्ता सेयर सर्वसाधारण गरी जम्मा ४२ लाख कित्ता साधारण सेयर निष्कासन गर्नेछ । हिम पर्वत हाइड्रोपावरले दोलखामा २० मेगावाटको साँगुखोला जलविद्युत् आयोजना र साढे पाँच मेगावाटको साँगुखोला-१ जलविद्युत् आयोजना गरी जम्मा साढे २५ मेगावाटका जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?