‘छड्के २’ को छायांकन सुरु

Read Time = 2 mins

काठमाडौं । चलचित्र ‘छड्के २’ को छायांकन सुरु गरिएको छ । अभिनेता अनमोल केसीको मुख्य भूमिका रहने ‘छड्के २’ को श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर चितवनको भरतपुरमा शुभ मुहूर्त गर्दै छायांकन सुरु गरिएको हो ।

६० दिनको छायांकन सेड्युल रहेको चलचित्र चितवनसँगै मुस्ताङमा पनि छायांकन हुने निर्माण टिमले जनाएको छ । अनमोल ग्याङ्स्टार भूमिकामा देखिने चलचित्र निगम श्रेष्ठले निर्देशन गर्न लाग्नुभएको हो । निर्देशक श्रेष्ठकै लेखनसमेत रहेको चलचित्र अनमोलको अलवा रोविन तामाङ र कमलमणि नेपालको मुख्य भूमिका रहनेछ ।

निर्माण टिमले अभिनेत्रीको नाम भने अहिले गोप्य राखेको छ । छायांकन भइरहेको समय कलाकार क्रमशः सार्वजनिक गर्ने निर्देशक श्रेष्ठले बताउनुभयो । काभ्रे फिल्मस्को व्यानरमा निर्माण हुने चलचित्रसँग मेधा फिल्मस् र निर्वाण फिल्म स्कुलले सहकार्य गरेको छ । चलचित्रको निर्मातामा प्रशान्त गिरी र लक्ष्मण काफ्ले हुनुहुन्छ । ‘छड्के’ ६ वर्षअगाडि प्रदर्शनमा आएको चलचित्र हो भने त्यो समयमा राम्रो प्रतिक्रिया बटुलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?