‘विराटनगरका कवि र कविता’ विमोचन

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

विराटनगर । ‘विराटनगरका कवि र कविता’ कृतिको विमोचन गरिएको छ । साहित्यकार लक्ष्मी पोखरेलद्वारा सम्पादित उक्त कृतिको विराटनगरमा आयोजित एक कार्यक्रमबीच विमोचन गरिएहो हो । कृतिमा विसं १९५३ देखि २०४९ सम्म जन्मिएका विराटनगरका १८३ जना कविका कविताहरू समावेश गरिएको छ ।

पूर्वाञ्चल साहित्य प्रतिष्ठानद्वारा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि साहित्यकार कविराज न्यौपानेले सार्वजनिक कृतिले विराटनगरको साहित्यिक इतिहासलाई उजागर गरेको बताउनुभयो ।

साहित्यकार विवश पोखरेलले कृति पूर्वाञ्चल साहित्य प्रतिष्ठानले प्रकाशन गरेको १००औं कृति भएको र यो विराटनगरको साहित्य अध्ययन गर्नेहरूका लागि गौरवमय दस्तावेज बन्न सफल भएको उल्लेख गर्नुभयो ।

साहित्यकार, समालोचक दधिराज सुवेदीले कृति विराटनगरको साहित्यिक इतिहासमा महत्वपूर्ण अभिलेखका रूपमा रहेको सुनाउनुभयो । कार्यक्रममा कवि गोकुल अधिकारी, सम्पादक लक्ष्मी पोखरेल, भूषण ढुंगेल, लक्ष्मी उप्रेती, दीपक चापागाईलगायतले आ–आफ्ना भनाइ राख्नुभएको थियो ।

सो अवसरमा कविहरू सीमा आभास, राधिका गुरागार्इं, सविता गौतम दाहाल, भरत गुरागार्इं, प्रिन्स प्रमोद ढकाल, मञ्जुश्री गिरी, लक्ष्मी रायमाझी, रोहिणी रसिक, ओम आचार्य, स्वम्भुनाथ कार्की, गोपाल निर्भीक, राधा भट्टराई, भीम कोइराला, लोचन रिजाल, शोभा लामा तथा स्वीकृति रेग्मी मुनालगायतले कृतिभित्रका कविता वाचन गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?