मातातीर्थ औंशी, अक्षय तृतीया र परशुराम जयन्ती युगादी पर्व

Read Time = 26 mins

✍️ तोयराज नेपाल

वैशाख कृष्ण अमावास्यालाई मातातीर्थ औंशी भनिन्छ । यो औंशीको पर्व आमाको मुख हेर्ने पर्वका रूपमा प्रसिद्ध छ । हाम्रा शास्त्रले मातृदेवो भवः, पितृदेवो भवः, भनेर आमा र बाबुलाई देवताका रूपमा सम्मान गर्नुपर्दछ भनेर शिक्षा दिइएको छ । संस्कृतको अम्बा शब्दबाट अपभ्रंश भएर आमा शब्द बनेको हो । अम्बा भनेकी यस संसारको सृष्टि, पालन र विनाश गर्नसक्ने सम्पूर्ण जगतकी पराशक्तिरूपा महामाया भगवती हुन् । उनै भगवतीको प्रतिनिधित्व गर्ने शक्तिका रूपमा आमालाई मानिएको छ ।

आमालाई सम्मान गरेर खुशी पार्न सकियो भने यसलोकमा सुख, समृद्धि ऐश्वर्यको उपभोग गरी परलोकमा मोक्षसमेत प्राप्त गर्न सकिन्छ । आमा नभै कुनै पनि सृष्टि हुँदैन । अमाले सम्पूर्ण जगत्को पालना गरेको कुरा ता हामीले देखिरहेकैछौं । जसले आमाको चित्त दुखाउँछ त्यसलाई प्रत्यक्षरूपमा आमाले हानि नपु¥याए पनि परोक्षरूपमा पराशक्तिरूपा जगदम्बा माताले उसको सर्वस्व विनाश गर्नुहुन्छ । त्यसकारण आखमा भनेकी सृष्टि, पालन र विनाशकी मूल कारणहुन् भन्ने कुरा सिद्ध हुन्छ । मानिसहरूमा मात्र होइन पशुपक्षीहरूमा समेत मातृस्नेहको सम्बन्ध प्रगाढरूपमा देख्न सकिन्छ । जस्तै :
अजातपक्षा इव मातरं खगाः स्तन्यं यथा वत्सतराः क्षुधार्ताः ।
प्रियं प्रियेव व्युषितं विषण्णा मनोक रविन्क्ष दिदृक्षते त्वाम् ।।
श्रीमद्भागवत ६ र ११ र २६ भोकले सताइएका पखेटा नउम्रिएका चराका बचराले जसरी आमाको चाहना गर्दछन्, नवजात बाच्छा–बाच्छीले जसरी माउलाई भेट्ने चाहना राख्छन्, जसरी परदेशमा गएका प्रियलाई प्रियाले भेट्न व्याकुल हुन्छन्, त्यसैगरी भगवनलाई पाउन भक्तिद्वारा प्रेमरसमा चुर्लुम्म डुबेर सजगता र लगनशीलतासाथ लाग्नुपर्दछ भन्ने कुराले मातालाई पनि भगवानको वा भगवतीको प्रतीक मानेर सजगतासाथ सम्मान, श्रद्धा र भक्ति गर्न सके मनुष्यले सर्वस्व प्राप्त गर्न सक्तछ ।
पिता-माता तथैवाग्निर्गुरुरात्मा च पञ्चमः ।
यस्यैते पूजिता पार्थ ! तस्य लोकावुभौ जितौ ।।
महाभारत वनपर्व अ.१५९ र १४ जसले पिता-माता, अग्नि, गुरु र आत्मालाई आदर गर्दछ, सम्मान गर्दछ, त्यसले यस लोकमा सुख ऐश्वर्यको भोग गरी परलोमा मोक्ष समेत प्राप्त गर्दछ भनिएको छ । त्यस कारण आमाको सधैं सम्मान गर्नुपर्दछ । लोकमा मातातीर्थ औंशी भनेर प्रसिद्ध पर्वमा आमाको विशेष सम्मान गर्दा झन् ठूले पुण्य लाभ हुन्छ ।
माता गुरुतरा भूमेः खात् पितोच्चतरस्तथा ।
मनः शीघ्रतरं वाताच्चिन्ता (याञ्चा) बहुतरी तृणात् ।। महा.वन. ३१३ र ६० ।
आमालाई पृथिवीभन्दा ठूली र बाबुलाई आकाशभन्दा उच्च मान्नुपर्दछ । हावाभन्दा छिटो दौडने वस्तु मन हो, भने तृण वा रुवाभन्दा हलुका चिज माग्नु वा चिन्ता गर्नु हो, अर्थात् चिन्ता गर्नु व्यर्थ हो । चिन्ताबाट केही फाइदा हुँदैन भनिएको हुँदा आमाको सम्मान गर्नु ठूलो पुण्यको कुरा हो । ‘मात्रा समं नास्ति शरीरपोषणम्’ आमाले जस्तो गरी सन्तानका शरीरलाई पोषण दिने संसारमा अरू कोही छैन भनेर नीतिशास्त्रमा बताइएको छ । त्यसकारण प्राणी समुदायमा आमाले जे जति उपकार र सहयोग गर्नुहुन्छ, त्यती संसारमा कसैले पनि गर्दैन । त्यसकारण उपकारको प्रत्युपकारका लागि पनि आमा हुनेले यस दिन माताको पूजा गरी नयाँ वस्त्र, पहिराई फलफूल, मिठाई आदि र दक्षिणादि समेत दिएर प्रणाम गरी खुशीपारेर आशीर्वाद लिने परम्परा चलेको हो ।

जसले आमाको चित्त दुखाउँछ, त्यसलाई प्रत्यक्षरूपमा आमाले हानि नपुर्‍याए पनि परोक्षरूपमा पराशक्तिरूपा जगदम्बा माताले उसको सर्वस्व विनाश गर्नु हुन्छ । त्यसकारण आमा भनेकी सृष्टि, पालन र विनाशकी मूल कारण हुन् भन्ने कुरा सिद्ध हुन्छ । मानिसहरूमा मात्र होइन पशुपक्षीहरूमा समेत मातृस्नेहको सम्बन्ध प्रगाढरूपमा देख्न सकिन्छ ।

आमा नहुनेले आमाको स्मरण गरी तीर्थमा गएर वा घरैमा भए पनि तर्पण, श्राद्ध गर्ने र सिधादान, दक्षिणादान आदि गर्ने, ब्राहृमणभोजन गराउने, वृद्धाश्रममा गई वृद्धवृद्धाहरूलाई यथाशक्ति फलफूल, अन्न, वस्त्रादि दिएर भोजन गराउने आदि गरेर आमाको सम्झना र सम्मान गर्ने गर्नुपर्दछ । यसदिन थानकोटस्थित मतातीर्थ पोखरीमा गएर स्नान दान गर्ने पनि परम्परा छ । यस स्थानमा आमाका लागि गरिएका स्नान दानादि प्रत्यक्षरूपमा आमाले प्राप्त गर्नुहुन्छ, भन्ने जनविश्वास छ । यसैकारण समाजमा यस दिन मातृसम्मान गर्ने परम्परा चलेको पनि छ ।
अन्त्यमा मातृरूपा भगवतीमातालाई प्रणाम गरी विश्राम लिन्छु । या देवी सर्वभूतेषु
मातृरूपेण संस्थिता ।
नमस्तस्यै नमस्तस्यै
नमस्तस्यै नमो नमः ।। ॐ अम्बायै नमः।
देवतालाई र पितृलाई उद्देश्य गरेर छुट्टाछुट्टै उदक कुम्भदान गर्नुपर्दछ । सुवर्णसमेत राखेर विभिन्न अन्न, जौ, सातु, चामल, गहुँ, चना, दही, ग्रीष्म ऋतुमा फल्ने विभिन्न अन्न र फलसहित घडा दान गर्नुपर्दछ ।
........
अक्षय तृतीया युगादी
वैशाख शुक्ल तृतीया तिथिलाई अक्षय तृतीया भनिन्छ । यसैदिन शिव-पार्वतीको विवाह भएको भन्ने किंवदन्ती छ । यस दिन त्रेतायुगको आरम्भ भएकाले युगादि पर्वसमेत भएको हुँदा यस दिनलाई पवित्र पर्व मानिएको हो । यसबारे शास्त्रको वचन यस्तो छ ।
वैशाखशुक्लपक्षस्य तृतीयायां च धीमता ।
गोभूहिरण्यरत्नादि तत्र दत्वा क् क्षयो भवेत् ।।
दानं घर्मघटादीनां मधुसूदनपूजनम् ।
तत्र जप्तं हुतं दत्तं सर्वमक्षय्यमुच्यते ।।
यत्किञ्चिद्दीयते दानं स्वल्पं वा यदि वा बहु ।
तत्सर्वमक्षयं यस्मात्तेनेयमक्षया स्मृता ।।
उदकुम्भान् सकनकान् सान्नान् सर्वरसैः सह ।
यवगोधूमचणकान् सक्तुदध्योदनं तथा ।।
ग्रैष्मिकं सर्वमेवात्र सस्यं दाने प्रशस्यते ।। भविष्यपुराण
यस दिन कुनै कुरा थोरै वा धेरै जति दान गरिन्छ त्यो दान अक्षय हुन्छ अर्थात् कहिल्यै नाश हुँदैन । त्यसकारण वैशाखशुक्ल तृतीयालाई अक्षय तृतीया भनिएको हो ।

यस दिन देवतालाई र पितृलाई उद्देश्य गरेर छुट्टाछुट्टै उदक कुम्भदान गर्नुपर्दछ । सुवर्ण समेत राखेर विभिन् अन्न, जौ, सातु, चामल, गहुँ, चना, दही, ग्रीष्म ऋतुमा फल्ने विभिन्न अन्न र विभिन्न फलसहित घडा दान गर्नुपर्दछ, भनिएको छ । यसका साथै सक्नेले गाई, भूमि, रत्न, ग्रीष्म ऋतुमा आवश्यक पर्ने छाता, जुता, लौरो, कपडा आदि अरू पनि जे-जे आफूलाई दान गर्न मन लाग्दछ । यथाशक्ति जेसुकै पनि दान गर्न सकिन्छ । यसदिन गरेको दान कल्प कल्पसम्म क्षय हुँदैन, परलोकमा आफूलाई आवश्यक पर्दा प्रप्त हुन्छ भनिएको हुँदा यथाशक्ति दान गर्नु उपयुक्त कुरा हो । यो दिन त्रेतायुगको आरम्भ भएको हुँदा युगादि पर्व मानेर युगादि श्राद्ध गर्नुपर्छ ।
यस दिन दियो, कलश र गणेश पूजा गरी वैशाखका अधिष्ठातृदेवता मधुसूदन (विष्णु)को यथाशक्ति पूजा गरेर दानादि गर्नुपर्छ । पहिले देवताई उद्देश्य गरेर घडादि दान गर्नेर त्यसपछि पितृलाई उद्देश्य गरेर घडादि दान गर्ने ।
देवतका लागि दान गर्दा यस्तो संकल्प गर्नुपर्दछ.... अद्येत्यादि देशकालौ संकीत्र्य..अमुकगोत्रः..अमुकनामशर्माहं र अमुकनामदेवी...अहं....मम...सकलपापक्षयपूर्वकपरमेश्वरप्रीति पूर्वकमुदकुम्भदानकल्पोक्तफलावाप्तये ब्राहृमणाय ससुवर्णसान्नोकघर्मघटदानमहं करिष्ये, अस्मिन् कर्मणि घटादिदानग्रहीतृत्वेन ...अमुकगोत्रम् ...अमुकनामशर्माणं ब्राहृमणं त्वामहं वृणे’ यस्तो संकल्प गरेर घडालाई धागाले बेरी अन्नमाथि राखी सुवर्ण राखेर त्यसकासाथमा सातु , अन्न फल, ताम्बूलद्रव्य, यथाशक्ति छाता, जुता, लौरो, कपडा आदि यथाशक्ति दान गर्ने सबै वस्तुहरू राखी ‘ॐ ब्रहृमविष्णुशिवात्मकाय सान्नोदकघर्मघटाय नमः’ यस मन्त्रले चन्दन अक्षता पुष्पादिले घडाको पूजा गरी धूपदीपनैवेद्यादि समर्पण गरेर ब्राहृमणलाई पनि पूजा गरी वरण गरेर पुनः कुशादि लिएर संकल्प गर्नेर ॐ अद्येह पूर्वोच्चरितसंकल्पसिद्धिरस्तु ..अमुकगोत्रः मुकनामशर्माहं र अमुकनामदेवी अहं ...मम...श्रीमत्पमेश्वरप्रीतये इमं सान्नोदकसुवर्णसक्तुफलछत्रोपानहयष्टिवस्त्रादिसमन्वितं घर्मघटं वरुणदैवतं पानकं जलं वरुणदैवतम् अन्नं प्रजापतिदैवतं सुवर्णम् अग्निदैवतम् सक्तून् पूषदैवतान् फलं वनस्पतिदैवतं छत्रम् उत्तानांगिरोदैवतम् उपानहौ उत्तानांगिरोदैवते यष्टिं वनस्पतिदैतां द्रव्यं श्रीविष्णुदैवतम् अद्येह ...अमुकगोत्राय अमुकशर्मणे सुपूजिताय ब्राहृमणाय तुभ्यमहं सम्प्रददे तत्सन्न ममः भनी ब्राहृमणलाई दिएर प्रार्थना गर्ने... ‘एषघर्मघटो दत्तो ब्रहृमविष्णुशिवात्मकः। अस्य प्रदानात् सकला मम सन्तु मनोरथाः ।।’ इति । यो प्रार्थना गरी दानप्रतिष्ठा गर्ने । अद्य कृतैत् त्यसपछि पितृलाई उद्देश्य गरेर सान्नोदक कुम्भ, घर्मघटदान गर्ने । पहिले जस्तै घडालाई धागाले बेरेर घडामा सुवर्ण, चन्दन, कपुर र तिल राखेर प्रतिज्ञासंकल्प गर्ने ।

अद्येत्यादि....मम समस्तपितृणाम् अक्षøयतृप्तिद्वारा परमेश्वरप्रीतये सान्नोदकघर्मघटदानमहं करिष्ये । गरी कुम्भको र ब्राहृमणको पनि पूर्ववत् पूजा गरी ब्राहृमण वरण गरेर कुशादि लिएर संकल्प गर्ने, अद्येह अमुकगोत्रः अमुकनामशर्माहं र अमुकनामदेवी अहं मम... समस्तपितृणां तृप्तिद्वारा परमेश्वरप्रीतये इमं सान्नोदकघर्मघटं वरुणदैवतं सुवर्णम् अग्निदैवतं जलं वरुणदैवतम् अन्न्नं प्रजापतिदैवतं सक्तुन् पूषदैवतान् फलं वनस्पतिदैवतम् छत्रम् उत्तानांगिरोदैवतम्, उपानहौ उत्तानांगिरोदैवते यष्टिं वनस्पतिदैवतां वस्त्रं बृहस्पतिदैवतं द्रव्यं श्रीविष्णुदैवतम् अद्येह अमुकगोत्राय अमुकनामशर्मणे सुपूजिताय ब्राहृमणाय घर्मघटदानत्वेन तुभ्यमहं सम्प्रददे तत्सन्न मम, भनी प्रार्थना गर्ने.. ‘एष घर्मघटो दत्तो ब्रहृमविष्णुशिवात्मकः। अस्य प्रदानात्तृप्यन्तु पितरोकपि पितामहाः ।। गन्धोदकतिलैर्मिश्रं सान्नं कुम्भं फलान्वितम् । पितृभ्यः सम्प्रयच्छामि हृयक्षøयमुपतिष्ठतु ।। इति । यो मन्त्रले ब्राहृमणलाई दिने र दानप्रतिष्ठा गर्ने । अद्य कृतैतत्...अनि दक्षिणा गरी त्यसपछि प्रार्थना गर्ने...
ॐ यस्य स्मृत्या च नामोक्तया तपो यज्ञक्रियादिषु ।
न्यूनं सम्पूर्णतां याति सद्यो वन्दे तमच्युतम् ।।
ॐ चतुर्भिश्च चतुर्भिश्च द्वाभ्यां पञ्चभिरेव च ।
हूयते च पुनर्द्वाभ्यां स मे विष्णुः प्रसीदतु ।।
ॐ प्रमादात् कुर्वतां कर्म प्रच्यवेताध्वरेषु च ।
स्मरणादेव तद्विणोः सम्पूर्णं स्यादिति श्रुतिः।।
ॐ अच्युताय नमः । ॐ अच्युतायनमः । ॐ अच्युताय नमः ।। ततः ॐ कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृतिस्वभावात् । करोमि यद्यत् सकल परस्मै नारायणायेति समर्पयामि ।। ॐ अच्युतायनमः ३ ।। इति । त्यसपछि टीकाप्रसाद ग्रहण गरी ब्रहृमण भोजन गराउने । ॐ हरये नमः।।
.....
जमदग्नि ऋषि अहिले पनि जीवितै हुनुन्छ । उहाँ सप्तर्षि मध्ये एक हुनुहुन्छ भने परशुराम अष्ट चिरञ्जीवी मध्येका एक हुनुहुन्छ । त्यसपछि परशुरामले बाबु जमदग्निलाई यज्ञमा दीक्षित गराई अनेक यज्ञद्वारा आत्मस्वरूप भगवानको आराधना गर्नुभयो । ती यज्ञमा पूर्वदिशा होतालाई, दक्षिणदिशा ब्रहृमालाई, पश्चिमदिशा अध्वर्युलाई, उत्तरदिशा उद्गातालाई, आग्नेयादिकोण ऋत्विक्हरूलाई र बीचको भूमि कश्यप ऋषिलाई दक्षिणका रूपमा दान दिनुभयो ।
......
परशुराम अवतार
अघि त्रेतायुगमा ऋचीक ऋषिले गाधि राजाकी छोरी सत्यवतीसँग विवाह गरे । कुनै दिन सत्यवती र सत्यवतीकी आमा पुरुकुत्सा दुवैले सन्तानको इच्छा गर्दा ऋचीक मुनिले दुवैलाई छुट्टा-छुट्टै पायस-चरु तयार गरी आफू स्नान गर्न गए । त्यसै बेलामा छोरीलाई तयार गरिएको चरु आमाले छोरीसँग मागेर खाइन् । आमाको चरु छोरी सत्यवतीले खाइन् । ऋचीक ऋषि आएपछि थाहा भयो ,चरु साटिए छ ।
अनि ऋषिले भने, हे सत्यवती तिम्रा भाइ गाधि राजाका छोरा ब्रहृमज्ञानी र तिम्रो छोरो मूर्ख स्वभावको हुनेछ भनेपछि सत्यवतीले अनुनय विनय गर्दा भइगो त एक छोरो ज्ञानी नै हुनेछ तर नाति मूर्ख स्वभावको हुनेछ भन्नुभयो । त्यसैले गाधिका छोरा विश्वामित्र ज्ञानी भए । सत्यवतीका र ऋचीकका छोरा जमदग्नि ज्ञानी नै भए । कालान्तरमा सत्यवतीका नाति जमदग्नि र रेणुकाका छोराका रूपमा भगवान् नारायणले वैशाखशुक्ल तृतीयाका रात्रिको प्रथम प्रहरमा परशुराम अवतार लिनुभयो । जुन अवतार नारायणले उग्र स्वभावको लिनुपरको थियो । पृथ्वीमा अनेक दुष्ट राजाहरूले उपद्रो मच्चाइरहेका हुँदा पृथ्वीको भार हरण गर्न भगवान्ले मूर्ख, उग्र स्वभाव लिनुभएको थियो । तर स्वभाव मूर्खको जस्तो भए पनि चारै वेद र धनुर्वेदसमेत सबै उहाँलाई कण्ठस्थ थियो ।
अग्रतश्चतुरो वेदाः पृष्ठतः सशरं धनुः ।
इदं ब्राहृममिदं क्षात्रं शापादपि शरादपि ।।
उहाँ भन्नुहुन्थ्यो, म बुद्धिको काममा ब्राहृमणको प्रतिनिधित्व गर्दछु । मेरा अगाडि मुखमा चारै वेद कण्ठस्थ छन् भने बलको काममा क्षत्रीयको प्रतिनिधित्व गर्न मेरा पछाडि बाणसमेतको धनु झुण्डिएको छ । म दुवैतिर तयार छु भन्नुहुन्थ्यो ।

जमदग्नि ऋषिका चार भाइ छोरामध्ये कान्छा छोराका रूपमा परशुरामको अवतार भएको थियो। एक पटकको घटना हो । पूजा गर्ने जल लिन गंगाजी गएकी परशुरामकी माता रेणुका गन्धर्व र अप्सराहरूको क्रीडा देखेर केहीबेर ढिलो घर फर्किइन् । पत्नी आएपछि ध्यानदृष्टिले विचार गर्दा गन्धर्व र अप्सराको क्रीडामा भुलेर ढिलो घर फिरेको बुझेपछि यो व्यभिचरिणी हो, यसलाई काट भनी छोराहरूलाई आदेश दिए ।

जेठादेखि नै पालैपालो गरी अमालाई काटभन्दा परशुरामका दाजुहरू तीनै भाइले काट्न मानेन् । अन्त्यमा कान्छा छोरा परशुरामलाई दाजुहरूसमेत आमालाई काट्ने आदेश दिँदा परशुरामले बाबुको प्रभाव जानेका हुँदा आज्ञा पाउनासाथै आमा समेत तीनै दाजुहरूलाई काटिदिनुभयो । अनि जमदग्नि प्रसन्न भएर के वरदान माग्दछौ ? भन्दा परशुरामले आमा समेत सबै दाजुहरू जीवित हऊन्, साथै आफ्नो मृत्यु भएको कुरा उहाँहरूलाई थाहा नहवोस्, भनी वरदान माग्दा जमदग्निले तथास्तु भनी सबैलाई बचाइदिनुभयो । हैहयवंशी राजा अर्जुनले दत्तात्रेयका प्रसादबाट एक हजार हात पाएका हुँदा उनको नाम नै सहस्रार्जुन भन्ने प्रसिद्ध थियो । एक दिन सहस्रार्जुन राजा सेना आदिका साथमा जमदग्नि ऋषिका आश्रममा जाँदा जमदग्निले सबैको ठूलो स्वागत सत्कार गरे । यो सत्कार कामधेनु गाईका कारणबाट भएको भन्ने कुरा राजाले बुझेपछि ती गाई मागे तर जमदग्निले नदिँदा जबरजस्ती हडपेर लगे ।

त्यसबेला परशुराम त्यहाँ हुनुहुन्नथ्यो । परशुराम आएर सबै हाल बुझेपछि परशुराम हातमा बञ्चरो लिएर राजाका तिर गई युद्धगर्न लाग्नुभयो । त्यहाँ सहस्रार्जुनको र परशुरामको ठूलो युद्ध भयो । परशुरामले राजाका सबै सेनाका साथमा राजाका हजारै हात काटी अन्त्यमा उनको शिरसमेत काटेर गाई लिएर आउनुभयो । त्यसबेला राजाका छोराहरूले भागेर ज्यान बचाएका थिए ।

त्यसपछि राजालाई मारेको पाप लाग्दछ, त्यो पाप प्रक्षालन गर्न एक वर्ष पर्यन्त तीर्थयात्रा गर, भनेर पिता जमदग्निले आदेश दिए । अनि परशुरामले तीर्थयात्रा गर्नुभयो । एक वर्षसम्म विभिन्न तीर्थ यात्रा गरी घर फिर्ने बेला भएपछि अहिले परशुराम छैनन्, यही मौकामा बाबु मारेको बदला लिनुपर्दछ भनी सहस्रार्जुनका छोराहरू जमदग्निका आश्रममा गई जमदग्निलाई काटेर शिर लिएर गए । त्यसैबेला परशुराम घर आइपुग्दा ता बाबुको शिर काटी राजकुमारहरूले लगेको र आमाले एक्काईसौं पटकसम्म छाती पिट्दै रोएको खबरले मर्माहत भएका परशुराम बाबुको देहको सुरक्षा गर्ने काम दाजुहरूलाई जिम्मा लगाएर हातमा बञ्चरो लिएर सहस्रार्जुनका छोराहरूसँग युद्ध गर्न जानुभयो र सहस्रार्जुनका छोराका साथै सम्पूर्ण क्षत्रीयहरूको संहार गर्नुभयो । उहाँले एक्काईस पटक पृथ्वी घुमेर क्षत्रीयहरूको संहार गरी पृथ्वीको भार हरण गर्नुभयो । ती क्षत्रीयहरूका रगतले कुरुक्षेत्रमा नौवाटा कुण्डहरू बनाउनुभयो । ती कुण्डहरूलाई परशुराम कुण्ड भनिन्छ । ती कुण्ड अहिले पनि पवित्र परशुराम तीर्थका रूपमा प्रसिद्ध छन् । जसमा स्नान दानादि गर्नाले समस्त पाप नाश भई पितृहरूको उद्धार हुन्छन् ।

त्यसपछि पिता जमदग्निको शिर ल्याएर शरीरमा जोडी जमदग्नि ऋषिलाई बचाउनुभयो । जमदग्नि ऋषि अहिले पनि जीवितै हुनुन्छ । उहाँ सप्तर्षि मध्ये एक हुनुहुन्छ भने परशुराम अष्ट चिरञ्जीवी मध्येका एक हुनुहुन्छ । त्यसपछि परशुरामले बाबु जमदग्निलाई यज्ञमा दीक्षित गराई अनेक यज्ञद्वारा आत्मस्वरूप भगवानको आराधना गर्नुभयो । ती यज्ञमा पूर्वदिशा होतालाई, दक्षिणदिशा ब्रहृमालाई, पश्चिमदिशा अध्वर्युलाई, उत्तरदिशा उद्गातालाई, आग्नेयादिकोण ऋत्विक्हरूलाई र बीचको भूमि कश्यप ऋषिलाई दक्षिणका रूपमा दान दिनुभयो । फेरि उपद्रष्टालाई आर्यावर्त र अरू-अरू सदस्यहरूलाई अन्य अन्यदेश दक्षिणा दिनुभयो । त्यसपछि ब्रहृमनदी सरस्वतीमा यज्ञान्त स्नान गर्नुभयो । परशुराम अवतारको मुख्य कर्म नै दुष्ट क्षत्रियहरूको विनाश गर्ने थियो । त्यो काम पूरा गर्नुभयो । परशुराम नारायणका दशावतारमध्ये छैटौं अवतार मानिनुहुन्छ । ॐ परशुरामाय नमः ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?