धौलागिरी हिमालमा हिउँमा पुरिएर एक भरिया बेपत्ता

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 2 mins

म्याग्दी । धौलागिरि हिमालको आधार क्षेत्रबाट फकिर्ने क्रममा शनिवार एक भरिया बेपत्ता भएका छन् ।

आरोहीको सामान बेसक्याम्प पुर्याएर इटाली बेसक्याम्प तर्फ फर्किदै गरेका २० बर्षिय अमृत राई बाक्लो हिमपातका कारण बेपत्ता हुनुभएको हो ।

बेपत्ता राई सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका वडा नं १ नुथला फुलेली गाउँका हुनुहुन्छ । संसारको सातौं (८,१६७) मिटर अग्लो म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीमा पर्ने धौलागिरि आधार शिविरबाट फर्किने क्रममा भारी हिमपात भएपछि बेपत्ता भएको पर्यटन ब्यवसायी इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो ।

उहाँका अनुसार बेपत्ता राईसँगै फर्किदै गर्नुभएका धिरज राई र अमृत राई सुरक्षित छन् । ‘हिउँपहिरोमा परेको आशंका गरिएको छ, खोजीकार्य भइरहेको छ’ पर्यटन ब्यवसायी शेरचनले भन्नुभयो ।

आरोहणमा गएका र फर्किन क्रममा रहेका सबै भरिया र र पदप्रर्दशक भने सुरक्षित रहेको बताइएको छ । शुक्रबारदेखि म्याग्दीको हिमाली क्षेत्र आसपासमासमेत हिमपात भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?