लण्डन । म्यानचेस्टर सिटीले लगातार तेस्रो सिजन इंग्लिस प्रिमियर लिगको उपाधि उचालेको छ । शनिबार राती भएको खेलमा दोस्रो स्थानमा रहेको आर्सनलले पराजय भोगेसँगै सिटीले तीन खेलअगाडि नै उपाधि जित्ने पक्का गरेको हो । अब आर्सनलले एक खेलमात्रै खेल्न बाँकी रहँदा उक्त खेलमा जित हात पारे पनि सिटीलाई भेट्टाउन सक्ने छैन ।
क्लबको इतिहासमा सिटी समग्रमा नवौँपटक च्याम्पियन बनेको हो । पेप गुआर्डिओलाले सन् २००९-११ मा बार्सिलोनासँग ला लिगा र सन् २०१४–१६ मा बायर्न म्युनिखसँग बुन्डेस लिगामा लगातार तीनवटा लिग उपाधि जित्न सफल हुनुभएको थियो । उहाँको यो तेस्रो हृयाट्रिक उपाधि हो ।
दि सिटी ग्राउण्ड नटिङहममा आर्सनललाई नटिङघम फरेस्टले १-० गोल अन्तरले हराएको थियो । फरेस्टको जितमा ताइवो अवोनियीले निर्णायक गोल गर्नुभयो । अवोनियीले खेलको १९ औँ मिनेटमा गोल गर्नुभएको थियो ।
आर्सनलले ३७ खेलमा ८१ अंक जोडेको छ । सिटीभन्दा आर्सनल चार अंकले पछि रहेको छ । सिटीको ८५ अंक रहेको छ । फरेस्ट ३७ अंक जोडेर १६ औँ स्थानमा रहेको छ ।
यस्तै, जर्मन बुन्डेस लिगमा बायर्न म्युनिखले आरबी लाइप्जिगसँग तीन-एकले पराजय भोगेको छ । लाइप्जिगको जितमा कोनरड लेइमर, क्रिस्टोफर एनकुन्कु र डोमिनिक जोबोस्लाइले एक-एक गोल गर्नुभयो । बायर्नका सर्ज नाब्रीको गोल सान्त्वना बन्यो ।
खेलको २५औँ मिनेटमा सर्ज नाब्रीको गोलबाट बायर्नले अग्रता लियो । ६५औँ मिनेटमा कोनरड लेइमरले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याउनुभयो । ७६औँ मिनेटमा क्रिस्टोफर एनकुन्कुले पेनाल्टीमा गोल गरेपछि बायर्न खेलमा दुई-एकले पछि पर्यो । त्यसको १० मिनेटपछि डोमिनिक जोबोस्लाईले पेनाल्टीमै गोल गर्दै बायर्नलाई हार चखाउनुभयो ।
हारसँगै बायर्नले शीर्षस्थानमा चार अंकको अग्रता लिने अवसर गुमाएको छ । शीर्षस्थानमा रहेको बायर्नको ३३ खेलबाट ६८ अंक पुगेको छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच