कविताकृति ‘मलामी पहाड र सारंगी’ लोकार्पण

हिमालय टाइम्स
Read Time = 1 min

ललितपुर । रमेश श्रेष्ठको नवीन कविताकृति ‘मलामी पहाड र सारंगी’ सार्वजनिक भएको छ । ललितपुरको जावलाखेलमा आयोजित एक विशेष कार्यक्रममा उक्त कृतिको लोकार्पण गरिएका हो ।

सो अवसरमा डा.तीर्थबहादुर श्रेष्ठले रमेशका कविता बुझ्न कठिन भए पनि बुझ्दै जाँदा त्यसले मन छुने गरेको बताउनुभयो । साहित्यकार उषा शेरचनले रमेश वास्तवमै बिम्बकवि भएको उल्लेख गर्नुभयो । साहित्यकार अशेष मल्लले रमेशमा कलाचेत भएकै कारण उहाँका कवितामा फरकपना पाइने जिकिर गर्नुभयो ।

निबन्धकार श्रीओम रोदनले रमेश श्रेष्ठकाबारेमा लेखिएको व्यक्ति निबन्ध वाचन गर्नुभयो भने कृतिकार श्रेष्ठले आफ्ना कवितालाई माया गरिदिन आग्रह गर्नुभयो ।

साहित्यपोस्टद्वारा आयोजित कार्यक्रममा अश्विनी कोइरालाले आफ्नो धारणा राख्नुभएको थियो भने कविहरू राजेन्द्र शलभ, मणि लोहनी, मनिषा गौचन, लक्ष्मी रुम्बा र कवि स्वयम्ले कृतिभित्रका कविताहरू वाचन गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?