भदौमा ‘गणपति’

Read Time = 1 min

काठमाडौं । मुकुन भुसाल र मेनुका प्रधान अभिनित चलचित्र ‘गणपति’को नयाँ प्रदर्शन मिति तय गरिएको छ । यसअघि जेठमा प्रदर्शनमा आउने भनिएको यो चलचित्र आगामी भदौ १४ गतेदेखि प्रदर्शनमा आउने भएको हो ।

सविन अधिकारीले निर्देशन गरेको यो चलचित्रमा मुकुन र मेनुकासँगै प्रकाश घिमिरे, सूर्यमाला खनाल, राजाराम पौडेल, जयनन्द लामा, पुष्कर गुरुङ, अंशु महर्जन, कविता न्यौपाने, देवेन्द्र बब्लुलगायत कलाकारको अभिनय छ । रामप्रसाद रिजाल प्रस्तुतकर्ता रहेको चलचित्रका निर्माता लक्ष्मण रिजाल हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?