काठमाडौं । मोडल तथा म्युजिक भिडियो निर्देशक मदन खड्का यतिबेला तीजको भिडियो निर्देशनमा व्यस्त हुनुहुन्छ । यस वर्षको तीजको पन्ध्रवटा भिडियो चर्चित कलाकारहरू लिएर उहाँले निर्देशन गरिसक्नु भएको छ । अझै पन्ध्र बीसवटा छयांकनको सेडुअलमा रहेको उहाँको भनाइ छ ।
विसं २०७० सालदेखि यो क्षेत्रमा निरन्तर आफ्ना क्रियशन पस्किरहनु भएका खडकाले अहिलेसम्म पन्ध्रसयको हाराहारीमा भिडियो निर्देशन गरेको बताउनुहुन्छ । उहाँले ५० वटा जति भिडियोमा अभिनय पनि गर्नुभएको छ । चलचित्र ‘रेनी’का सहायक निर्देशकका साथै कोरियोग्राफर समेत रहनुभएका उहाँ भर्सटायल निर्देशकका रूपमा यो क्षेत्रमा हुनुुहुन्छ ।
खड्काले जनचेतना मूलक, कोभिड, एचआईभीलगायत विज्ञापनहरू समेत बनाउनुभएको छ । नृत्यमा पारंगत निर्देशक खड्काले सिरियल ‘घर झगडा’ भाग एकदेखि ६ सम्म पनि निर्देशन गर्नुभएको छ । अग्रजदेखि अनुज कलाकारहरूसँग काम गरिसक्नु भएका निर्देशक खड्का अब चलचित्र निर्देशनमा लाग्ने योजना बनाइरहेको बताउनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच