एलबी क्षेत्रीको कविताकृति ‘को हो त्यो मान्छे ?’ लोकार्पण

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । साहित्यकार एलबी क्षेत्रीको कविताकृति ‘को हो त्यो मान्छे ?’ लोकार्पण गरिएको छ । कविडाँडा साहित्य समाजका अध्यक्ष एवं चितवनका अग्रज साहित्यकार क्षेत्रीको ‘को हो त्यो मान्छे ?’ शनिबार काठमाडौंमा एक कार्यक्रमबीच लोकार्पण गरिएको हो ।

कवि भुवनहरि सिग्देल, भुवन ढुंगाना, प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईलगायत सर्जकले कृति लोकार्पित गर्नुभएको थियो । उक्त कृतिमाथि सर्जकहरू भुवन ढुंगाना र महेश पौड्यालले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा कृतिकार क्षेत्रीसहित प्रमुख अतिथि सिग्देल, कुलपति राई, प्रतीक ढकाल, डा.अशोक थापालगायतले आ-आफ्ना भनाइ राख्नुभएको थियो । कवितासंग्रह पेज टर्नरले प्रकाशित गरेको हो ।

मानिसको पहिचान गराउनका लागि लेखिएका कवितालाई यो संग्रहमा राखेको कवि क्षेत्रीले बताउनुभयो । उहाँले मानिसको पहिचान गराउन र मानिसको पहिचान खोज्न ‘को हो त्यो मान्छे ?’ कृतिको नाम राखेको पनि सुनाउनुभयो ।

अंग्रेजी र नेपाली भाषामा कलम चलाउने क्षेत्रीको ‘त्रिशंकुको देशमा’ कथासंग्रह, ‘भीडमा हराएको मान्छे’ कवितासंग्रह, ‘इन्द्रमायाको देशमा’ कथासंग्रह, ‘व्रतभंग’ कथासंग्रह, र कविता एवं कथाको संयुक्त संग्रह ‘द करिडोर अफ सेन्सेस’ जस्ता कृति प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?