
काठमाडौं । रेखा थापाको शीर्ष भूमिका रहेको चलचित्र ‘उपहार’ फागुन २५ देखि देशभरका सिनेमाघरमा आउने भएको छ । काठमाडौंमा एक कार्यक्रमबीच गीत सार्वजनिक गर्दै निर्माण पक्षले मिति पनि घोषणा गरेको हो । ‘वाह वाह वाह...’ बोलको गीतमा बाबुल गिरी र एलिना चौहानको स्वर रहेको छ ।
शंकर अधिकारीको शब्दरचना रहेको गीतमा संगीत पनि बाबुल स्वयंको छ । गीतको चलचित्रका मुख्य कलाकार रेखा थापा, मुकुन भुसाल, पूजा शर्मा, बेनिशा हमाल, तेज गिरीलगायत कलाकारलाई फिचर्ड गरिएको छ । रेखा फिल्मस् र कपनगढी सिनेमा प्रा.लि.को संयुक्त प्रस्तुति रहेको चलचित्रलाई ज्ञानेन्द्र देउजाले निर्देशन गर्नुभएको हो ।
चलचित्रको कथा सुलक्षण भारतील लेख्नुभएको हो । शुलभ प्रतीक देउजा र समीक्षा देउजा निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा बलराम शाही ठकुरी हुनुहुन्छ । तस्वीर : महम्मद जालिम ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच