काठमाडौं । कलाकार तथा निर्देशक सरोज दाहालको निर्देशनमा टेलिचलचित्र ‘टुल्के दाइ’ दर्शकमाझ आउने भएको छ । मंसिर १५ गते शुक्रबारदेखि आउन लागेको ‘टुल्के दाइ’को प्रोमो सार्वजनिक गरिएको छ । सामाजिक र पारिवारिक कथावस्तु बोकेको टुल्के दाइ टेलिसिरियलमा टुल्के दाइको भूमिका बाबुराम शाक्यले निभाउनुभएको छ ।
बाबुराम शाक्य, मायादेवी श्रेष्ठ, सरोज दाहाल, रश्मी भट्ट, कृष्णभक्त महर्जन, बद्री पुडासैनी, मलाइका बस्नेत, सिर्जना कार्की, रजनी खड्का, विष्णु भण्डारी, सुनिता कार्की, हिरा श्रेष्ठलगायतका कलाकारको टेलिचलचित्रमा मुख्य भूमिका छ ।
बाबुरामकै कथामा सौरभ दवाडीले पटकथा तथा संवाद तयार पार्नुभएको छ । सिरियलको शीर्ष गीतमा जय देवकोटाको शब्द, संगीत र स्वर रहेको छ । बिएम पिक्चर्सको प्रस्तुति, अनिल जिसीको छायांकन रहेको टुल्के दाइको सम्पादन मुकेश हमालले गर्नुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच