काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)ले हाइड्रोजन कार परीक्षणको तयारी गरेको छ । ग्रिन हाइड्रोजनबारे अध्ययन अनुसन्धान गर्दै आएको केयूले नेपालमा हाइड्रोजन गाडीको सम्भावना र प्रयोगबारे अध्ययन गर्न दुई साताअघि दक्षिण कोरियाबाट हुण्डाई नेक्सो फ्युल सेल हाइड्रोजन कार भित्र्याएको थियो ।
नेपाल आयल निगम (एनओसी)को सहयोगमा गाडी भित्र्याइएको विभागका उपप्राध्यापक डा. विराजसिंह थापाले बताउनुभएको छ । केयूको सञ्चालनमा रहेको ग्रिन हाइड्रोजन ल्याबअन्तर्गतको एचएफपी-नेपालका इञ्जिनियर नितेश यादवको टोलीले नै डिजाइन गरेको रिफिङ स्टेसनको एसेम्बल कोरियामा गरिएको हो । ल्याबले अहिले नमुना रिफिलिङ स्टेसन बनाएको छ । जहाँबाट दैनिक १४ हजार लिटर हाइड्रोजन उत्पादन गर्न सकिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच