
अच्युतराज दाहाल
आज यो मन कोपिलामै
ऐलाउँदै गरेको
त्यो गुलाबको फूल जस्तै भएको छ ।
भित्रबाट ज्वालामुखी
विष्फोट भएको आभास
पाइरहेको छु ।
कहिल्यै नसुनेको
गीतको धुन
मनमनै बजाई रहेको छु ।
तिमीलाई चाहिने
सबै चीजको भारी
बोक्न नसकेर
भित्रभित्रै मनले दुःख
मानी रहेको छु ।
त्यसैले त
कसैले नबुझ्ने गरी
चिच्याउन,
कराउन
अनि
तिमीमै हराउन
मन लाग्छ ।
आज त्यो सुनौलो पलको खोजी
गरिरहेको हुँदा
आधा बाटामा
अड्किएको भान हुन्छ,
तिमीलाई सम्झिँदै यो मन
भित्र–भित्रै रुन्छ ।
तिमी आउने बाटाको बीचमा
कसैले तगारो लगाएको देख्छु,
के यो मेरो भ्रम हो त !
किनहो लक्षको बाटोमा
जानै नसकिने गरी
कसैले ठूलो रूख लडाएको देख्छु ।
के यो पनि मेरो भ्रम हो त !
तिमीलाई थाहा छ
आज मेरो मनको
बगैँचामा
अनगिन्ती फूलहरू
ओइलाउन खोज्दै छन्,
तिमीले दिएको त्यो
उपहार ग्रहण गर्न
म किन छटपटाई रहेको छु ।
त्यतिबेला तिमीले दिनुपर्ने
मलाई नदिएर
अनि
मैले दिनुपर्ने
दिन नसकेर,
हामी दिउँ कि नदिउँ
भइरहेका थियौँ ।
आज लैजानेले
सबैथोक लुटेर गयो,
हाम्रा सपनाहरू
एकै क्षणमा भुटेर गयो ।
समयको प्रतीक्षा गर्न सक्नु पर्दछ
भन्ने तिमी
अनि
समयको काम समयमा गर्नुपर्छ
भन्ने म
दुईवटैको मत नमिले पछि
कसैले समयमै
समयको फल खोसी
लैजान सकेको हो ।
आज मनमा गरुँगो
भारी बोकेर
निदाइरहेको बेला
सपनीमा तिमी आएपछि
म झसङ्ग भएको,
यता उता हेर्दा कतै नदेखे पछि
तिमीलाई सुनाउने दुई कुरा
कतै पनि पोख्न नपाएर
विचलित भएको मेरो मनको कुरा
मनमा राख्न नसकेर
धेरै यातना भोग्दै
एक्लोपनको वेदना
कस्तो हुन्छ
तिमीले हिँडिरहँदा
तिम्रो कानसम्म पुगोस् ।
म एक्लै बस्ने बानी
भइसकेको
र तिमीमा धेरै फरक छ ।
ती सधैँ साथ रहने सबै जोडीमध्ये
तिम्रो जोडी सधैँभरि खुशी रहोस्,
तिम्रा कुनै कुरामा
उसको मन नदुखोस्,
तिम्रो शुभचिन्तक बनि
सबैले साथ दिऊन्,
तिम्रा हरेक इच्छाहरू
पूरा हुन्,
कहिल्यै दुःखको
आभास नहोस्,
शुभकामना छ ।
चन्द्रनिगाहापुर, रौतहट ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच