रेडमीका तीन नयाँ स्मार्टफोन सार्वजनिक

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । शाओमीले रेडमी नोट १३ सिरिज सार्वजनिक गरेको छ ।

सोमबार आयोजित अनावरण कार्यक्रममा शाओमीले आफ्नो रेड्मी नोट १३ सिरिजअन्तर्गत रेड्मी नोट १३ प्रो प्लस फाइभ जी, रेड्मी नोट १३ प्रो, रेड्मी नोट १३ सार्वजनिक गरेको हो । तीनवटै मोडलमा ग्राहकले शक्तिशाली प्रोसेसर र उच्चस्तरीय क्यामेराका साथै स्मार्टफोनको नयाँ अनुभव लिन सक्ने कम्पनीको दाबी छ ।

मोवाइल अनावरण गर्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भन्नुभयो ‘ग्राहकलाई अत्याधुनिक प्रविधिको अनुभव प्रदान गर्ने उद्देश्यले डिजाइन गरिएका यी नयाँ स्मार्टफोन सार्वजनिक गर्न पाउँदा हामी निकै हर्षित छौं । स्मार्टफोन बजारमा नयाँ स्ट्यान्टर्ड सेट गर्न पाएकोमा हामी गर्व गर्छौं र हामीलाई आशा छ, हाम्रा नेपाली ग्राहकले यी नयाँ मोडललाई मनपराइ दिनुहुनेछ ।’

स्टाइलिश डिजाइन भएको रेड्मी नोट १३ प्रो प्लस फाइभ जी मा आठ जिबी प्लस २५६ जिबी र १२ जिबी प्लस ५१२ जिबीको स्टोरेज रहेको छ भने दुइसय मेगापिक्सेलको मुख्य क्यामेरा, आठ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेरा र दुई मेगापिक्सेल म्याक्रो क्यामेरा रहेको छ ।
रेड्मी नोट १३ प्रो मा पनि दुईसय एमपी मुख्य क्यामेरा आठ एमपी अल्ट्रा–वाइड क्यामेरा र दुइ एमपी म्याक्रो क्यामेरा रहेको छ । रेड्मी नोट १३ को २४ हजार नौसय ९९ रुपैयाँ (६/१२८ जीबी) र २७ हजार नौसय ९९ रुपैयाँ (८/२५६) जीबीमा उपलब्ध छ । रेड्मी नोट १३ किन्दा दुई हजार नौसय ९९ मूल्यको बड्स ४ एक्टीभ एक हजार छसय ९९ पाउन सकिनेछ ।

रेड्मी नोट १३ प्रो ३४ हजार नौसय ९९ (८/२५६ जीबी) र ३९ हजार नौसय ९९ (१२/५१२ जीबी) मा उपलब्ध छ भने रेड्मी नोट १३ प्रो किन्दा दुई हजार नौसय ९९ मूल्यको बड्स ४ एक्टीभ एक हजार छसय ९९ अफरमा वा पाँच हजार छसय ९९ मूल्यको रेड्मी वाच ३ एक्टीभ तीन हजार चारसय ९९ रुपैयाँ पाउन सकिनेछ । रेड्मी नोट १३ प्रो प्लस ४७ हजार नौसय ९९ (८/२५६ जीबी) र ५२ हजार नौसय ९९ (१२/५१२ जीबी) मा उपलब्ध छ भने रेड्मी नोट १३ प्रो प्लस किन्दा दुइ हजार नौसय ९९ मूल्यको बड्स ४ एक्टीभ एक हजार छसय ९९ वा पाँच हजार छसय ९९ मूल्यको रेड्मी वाच ३ एक्टीभ तीन हजार चारसय ९९ रुपैयाँमा पाउन सकिने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?