कोशी सरकार विस्तार : ४ मन्त्री र २ राज्यमन्त्री थपिए

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकार विस्तार गर्नुभएको छ। नियुक्तिको चार महिनापछि मुख्यमन्त्री कार्कीले दोस्रो पटक सरकार विस्तार गर्नुभएको हो ।

मुख्यमन्त्री कार्कीले नेपाली कांग्रेसबाट प्रदिपकुमार सुनुवार र रामकुमार खत्रीलाई मन्त्री बनाउनु भएको छ ।

सुनुवारले स्वास्थ्य र खत्रीले उद्योग कृषि, तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ ।

यस्तै, कांग्रेसकी इन्दिरा थापा आर्थिक मामिला तथा योजना राज्यमन्त्री र सुनिताकुमारी गुरुङ आन्तरिक मामिला तथा कानून राज्यमन्त्रीको जिम्मेवारी पाउनु भएको छ ।

यस्तै माओवादीबाट संखुवासभाका राजेन्द्र कार्कीले सामाजिक विकास र उदयपुरका नारायण बुर्जामगरले खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ ।

नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीलाई अहिले केहीबेरमा प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?