काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो पार्टी कुनैपनि प्रकारको सत्ता केन्द्रित गतिविधिमा सामेल नहुने बताउनुभएको छ ।
सबै प्रदेशमा नयाँ सत्तासमिकरण बनाउने गृहकार्य भइरहेका बेला उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो । मंगलवार काठमाडौंमा आयोजित काठमाडौं गीतको भिडियो सार्वजनिक गर्दै अध्यक्ष लिङदेनले कुनैपनि प्रकारको गठबन्धनमा आफ्नो पार्टी सामेल हुने सोच नबनाएको दाबी समेत गर्नुभयो । उहाँले नयाँ सत्ता समिकरण बन्नसाथ आफूहरुले कुनैपनि गठबन्धनमा सामेल नहुने जानकारी गराएको पनि स्मरण गराउनु भयो ।
अध्यक्ष लिङदेनले भन्नुभयो, ‘राष्ट्रिय प्रजातन्त्र पार्टी अहिले कुनैपनि प्रकारको गठबन्धनमा समावेश हुँदैन । र त्यस प्रकारको कुनै पनि सोच बनाएको छैन । हामीले यो पछिल्लो सत्ता समिकरण बनेपछि स्पष्ट रुपमा भनेका छौं–राष्ट्रिय प्रजातन्त्र पार्टी सत्ता केन्द्रित कुनैपनि प्रकारको गतिविधिमा सामेल हुँदैन । देशभरबाट आउने हाम्रा शुभेच्छुकहरुको क्रम चलिराखेको छ । र चैत्र २७ गते काठमाडौं ढाक्नेगरी जनसहभागिता हुन्छ । त्यसको तयारी अन्तिम चरणमा छ । अहिले देशको जुन वर्तमान अवस्था छ । त्यो अवस्था आउनुमा अहिलेको नेतृत्वको जिम्मेवार छ नै । तर त्यो नेतृत्व मात्रै होइन, नेतृत्वले ल्याएको व्यवस्था पनि जगमा कारक छ । त्यसकारणले अहिलेको अवस्थामा परिवर्तन गर्नका लागि अहिलेको व्यवस्थानै परिवर्तन गर्न जरुरी छ । अहिलेको विकृत व्यवस्थालाई हामीले परिवर्तन नगरेसम्म सामान्य सुधारले मात्रै देश अगाडि बढन सक्दैन भनेर हामीले जनताको हामीले अहिलको देश र जनताको अवस्थाको परिवर्तनका लागि व्यवस्था परिवर्तन गर्न आन्दोलन अघि बढाएका छौं । हाम्रो २७ गतेको आन्दोलन शान्तिपूर्ण हुन्छ, अहिंसात्मक हुन्छ ।’
राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी चैत्र २७ गते वर्तमान व्यवस्था बिरुद्ध विशाल प्रदर्शनको तयारी गर्दै आएको छ । अध्यक्ष लिङदेनले सो प्रर्दशनीको तयारीको काम अन्तिम चरणमा पुगेको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच