
बझाङ । केदारस्युँ गाउँपालिकामा एक सरकारी भवन विगत सात वर्षदेखि अलपत्र परेको छ । गाउँपालिकाको वडा नम्बर ९ झोता बजार र सुँडिखोलाको बीच भागमा रहेको भैरवनाथ इलाका वन कार्यालयको भवन सात वर्ष देखि अलपत्र परेको हो । २०७३ साल १ महिना ३० गते सम्झौता भइ २०७४ साल असार मसान्तमा सम्पन्न भएको उक्त भवन इलाका वन कार्यालय र स्थानीय सरकारको बेवास्ताका कारण अलपत्र परेको हो ।
तत्कालिन जिल्ला वन कार्यालय सँग भवन निर्माणका लागि भ्याटसहित ३१ लाख ४० हजार ४ सय ३६ रुपैयाँमा ठेक्का सम्झौता भएको उक्त भवन थलारा गाउँपालिका ९ कुचका गगनबहादुर सिंहले वि.सं.२०७३ असार ३० गते २ महिनामा निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर दुई महिनामा नसकिने भएपछि एक वर्ष म्याद थप भयो ।
म्याद थप अनुरुप ठेकेदार सिंहले २०७४ साल असार मसान्तसम्म भवन निर्माण सम्पन्न गरेका थिए । तर ठेकेदारले सिंहले प्लास्टर गर्नु मात्रै बाँकी रहँदा पनि १८ लाख मात्रै रकम पाएको गुनासो गर्नुभयो । भवन निर्माण सम्पन्न गरे पनि प्राविधिकले बिल नउठाउँदा रकम फ्रिज गएको उहाँको भनाई छ । उहाँका अनुसार तत्कालिन जिल्ला वन कार्यालयले अझैं ९ लाख जति रकम दिन बाँकी रहेको हुँदा आफुले हस्तान्तरण नगरेको बताउनुभयो ।
उक्त भवन हस्तान्तरण नभएपछि इलाका वन कार्यालय सैन्सुमा गएर बसेको स्थानीय गोवीलाल बोहराले बताउनुभयो । तत्कालिन जिल्ला वन कार्यालय प्रमुख असोक कुमार श्रेष्ठले भवनको बाँकी रकम दिन आलटाल गर्दा रकम फ्रिज गएको स्थानियको आरोप छ । भवन सात वर्षसम्म अलपत्र पर्दा पनि डिभिजन वन कार्यालय र स्थानीय तहले भवनबारे चाँसो नराखेको ठेकेदार सिंहको गुनासो छ ।
आफूले पाउन बाँकी रकमका लागि अदालत जाने पनि सिंहले बताउनुभएको छ । भवनबारे केदारस्युँ गाउँपालिकाले पनि अनुपयुक्त ठाउँमा रहेको भन्दै लगानी गर्न अनिच्छा प्रकट गरेको छ । केदारस्युँ गाउँपालिका अध्यक्ष गणेश बोहराले उक्त भवन भीरको मुनी रहेको हुँदा जुनसुकै वेला पनि ढुंगा खस्न सक्ने भन्दै कसैले बस्न नरुचाएको र पालिकाले पनि लगानी गर्न नचाहेको बताउनुभयो । केही वर्ष अगाडि सरिया बोकेर हिँडिरहेको ट्रयाक्टर दुर्घटना हुन गइ एक जनाको त्यही भवनको आँगनमा मृत्यु भएपछि झन कसैले भवनबारे चासो नराखेको स्थानीयको भनाई छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच