काठमाडौं । चलचित्र ‘काँडेतार’ पुनः सिनेमाघरमा आउने भएको छ । गत वर्षको फागुन २५ गते रिलिज भएको चलचित्र रि-रिलिज हुने भएको हो । अभिनेता तथा निर्माता नवल खड्काको निर्देशनमा निर्माण भएको चलचित्र आउँदो वर्ष रिलिज हुनेछ । ‘अब नेपालबाहिर रिलिज गर्ने तयारी छ’, नवलले भन्नुभयो, ‘त्यसपछि नेपालमा पुनः प्रदर्शन गर्नेछौं ।’
फागुन २५ गते रिलिज हुँदा विभिन्न कारणले दर्शकले हेर्न नपाएको भन्दै उहाँले पुनः रिलिज गर्न लागेको बताउनुभयो । चलचित्रले नेपालको अन्तर्राष्ट्रिय सीमामा काँडेतार लगाएर सीमालाई व्यवस्थित गर्नुपर्छ भन्ने कथा प्रस्तुत गरेको छ । यो चलचित्रलाई विकास बोर्डले स्टोरी बैंकअन्तर्गत १० लाख रुपैयाँ प्रदान गरेको थियो ।
चलचित्रमा निर्देशक खड्कासँगै गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरी, बाल कलाकार नादिया खड्का, सनया खड्कालगायतको अभिनय छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच