पुरुषोत्तम घिमिरे/हिटा
काठमाडौं । अभिनव साहित्य समाजले २७१औं मासिक शृंखलाअन्तर्गत हास्यव्यंग्य रस साहित्यका महारथि वासुदेव लुइँटेल र भैरव अर्यालको स्मृति दिवस, अच्युतप्रसाद चालिसेको ‘चित्त केलो बुझाऊँ’ र विमल अर्यालको ‘आवरण’ नामक कविता संग्रहको लोकार्पण र कवि गोष्ठी सम्पन्न गरेको छ । टिप्पणीकार श्री रमेश खनाल र प्रमुख अतिथि श्री हेमनाथ पौडेलले आवरण, विजय चालिसे र बाजुराम पौडेलले चित्त केले बुझाऊँको टिप्पणी गर्नुभएको थियो ।
सो समारोहमा संघीय सांसद तथा अर्थ समितिका सभापति सन्तोष चालिसे र गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल, लेखकद्वय र शीतल गिरीले आ-आफ्ना धारणा राख्नुभएको थियो । परशुराम पराजुली पराशरको सभापतित्व, शारदा खनाल पराजुलीको उद्घोषण, मेनका आचार्यको स्वागत मन्तव्य र कविता वाचनबाट सुरु भएको सो कार्यक्रममा हास्यव्यंग्यकारद्वयप्रति श्रध्दा सुमन अर्पण, लोकार्पित कृतिको प्रकाशकीय चर्चा र उपस्थित सबैप्रति धन्यवाद मन्तव्य समाजका अध्यक्ष गोविन्द प्र.घिमिरे वेदमणिले गर्नुभएको थियो ।
कार्यक्रममा सीताराम पोखरेल, भेषराज सापकोटा, सीताराम ढुंगेल, भारद्वाज मित्र, रत्न उप्रेती, शान्ति रिसाल, राजेशमान केसी, भावना न्यौपाने, सरिता दुलाल, महेश्वर खनाल, निर्मलरमण पराजुली, घनश्याम प्रसाईं, गायत्रीकुमार चापागाई, मधुसूदन घिमिरे, एनवी जनकपुरी, रामबहादुर पाहाडी, हरि पथिक, खोलाघरे, नानीबाबा अधिकारी, ललिता दोषी र सुशील आचार्यले रचना प्रस्तुत गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच