काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि दुर्ई लाख ५० हजार महिलाको परीक्षण तथा रोग पहिचान गर्ने भएको छ । मन्त्रालयअन्तर्गतको परिवार स्वास्थ्य कल्याण महाशाखाले देशभरका ३० देखि ४९ वर्षसम्मका महिलामा पाठेघरको मुखको क्यान्सर भए नभएको परीक्षण गर्ने भएको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले गत साउन २७ गते सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा महिलामा हुने पाठेघर तथा स्तनसम्बन्धी क्यान्सर रोकथामका लागि देशैभर अभियानका रूपमा स्क्रिनिङ थाल्ने उल्लेख थियो ।
सोहीअनुसार फागुन महिनाभर देशैभर एकै साथ महिलामा क्यान्सरसम्बन्धी परीक्षण गर्न लागिएको महाशाखा प्रमुख डा. विवेककुमार लालले जानकारी दिनुभयो । क्यान्सर उपचारसँगै लाग्न नदिन समयमै परीक्षण गरी रोकथाम गर्ने मन्त्री पौडेलको प्राथमिकताअनुुसार यस वर्ष अभियानकै रूपमा एकै साथ परीक्षण गर्न लागिएको र यस वर्ष अभियानका रूपमा दुर्ई लाख ५० हजार महिलाको परीक्षण गरिने उहाँले बताउनुभयो ।
मन्त्रालयका अनुसार नेपालमा सन् २०२२ मा कुल मृत्यु भएका १४ हजारमध्ये पाठेघरको मुखको क्यान्सरबाट ज्यान जानेको संख्या सात हजार सात सय ६८ रहेको ग्लोबल क्यान्सर अब्जरभेटरीको तथ्यांकमा छ । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२२ मा मात्र नेपालमा पाठेघरको मुखको क्यान्सरका दुई हजार एक सय ६९ तथा स्तनसम्बन्धी दुर्ई हजार दुर्ई सय ५५ नयाँ बिरामी भेटिएका छन् ।
हाल नेपालमा हरेक दिन चारजना महिलाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान जाने गरेको छ । अब्जरभेटरीका अनुसार विश्वभर प्रतिएक लाख रोगीमा सातजनाको ज्यान जाने गरेकामा नेपालमा झण्डै नौजनाको यस्तो क्यान्सरबाट ज्यान जाने गरेको छ । तर, समयमै परीक्षणबाट समस्या पहिचान भएमा रोग निको हुन्छ । पाठेघरको क्यान्सरबाट हुने ठूलो स्तरको मृत्यु रोकेर स्वास्थ्य जोगाउन पहल गर्ने मन्त्री पौडेलले घोषणा गर्नुभएको थियो ।
क्यान्सरविरुद्ध १६ लाख किशोरीलाई निःशुल्क खोप
यसअघि मन्त्रालयले मन्त्री पौडेलकै योजनाअनुसार विश्व क्यान्सर दिवसका दिन माघ २२ गतेबाट दुर्ई सातासम्म १६ लाख किशोरीलाई पाठेघर क्यान्सरविरुद्धको निःशुल्क खोप अभियानसमेत सञ्चालन गर्दै छ । जसबाट सातदेखि १४ वर्षसम्मका १६ लाख ८८ हजार नौ सय किशोरी लाभान्वित हुने बताइएको छ । कक्षा ६ मा अध्ययनरत वा १० वर्षका बालिकाले समेत खोप लगाउन पाउनेछन् । आगामी वर्षबाट भने सबै किशोरीले नियमितरूपमा खोप लगाउन पाउने गरी व्यवस्था गरिएको प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच