
काठमाडौं । टिकटक हुँदै मोडलिङमा चर्चित मिस पबी चलचित्र ‘माग्ने राजा’मा अनुबन्ध हुनुभएको छ । वास्तविक नाम पवित्रा शाँखी भए पनि मिस पबीबाट चिनिनुभएकी उहाँ यो चलचित्रमा देखिन लाग्नु भएको हो ।
मिस पबी अहिले विक्की अग्रवालले निर्देशन गरिरहेको टिभी कार्यक्रम ‘कमेडी दरबार’मा काम गरिरहनुभएको छ । उहाँले डेब्यु गर्ने बताइएको चलचित्र ‘राजमहल’ घोषणा गरिएको भए पनि निर्माण भने हुनसकेको छैन । मिस पबीले टिभी शृंखला ‘ख्यालठट्टा’मा पनि अभिनय गर्नुभएको थियो भने केही म्युजिक भिडियोमा उहाँको अभिनय रहेको छ ।
ऋषि लामिछानेले निर्देशन गर्ने माग्ने राजा’मा मा यसअघि केदार घिमिरे ‘माग्ने बुढा’ र वर्षा सिवाकोटी अनुबन्धित भइसक्नु भएको छ । यो चलचित्रमा केही दिनमा थप कलाकारसँग अनुबन्धनको तयारी रहेको निर्देशक लामिछानेले जानकारी गराउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच