
काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र एफसीले जितेको छ । दशरथ रंगशालामा सोमबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई २-० गोलले हराउँदै मछिन्द्रले तेस्रोपटक केपी ओली कपको उपाधि जितेको हो ।
मछिन्द्रलाई जित दिलाउन स्टेफन जालीले गोल गर्दा एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो । खेलको २९औं मिनेटमा आर्मीका रक्षक विमल पाण्डेबाट आत्मघाती गोल हुन पुग्दा मछिन्द्रले अग्रता लिएको थियो । सनिस श्रेष्ठको प्रहारलाई रोक्न खोज्दा विमलले आफ्नै पोस्टमा गोल गर्न पुग्नुभएको थियो ।
जालीले ७३औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाउनुभयो । उहाँले युसुफ मलिकको क्रसलाई वान टचमै पोस्टको दिशा दिनुभयो । त्यसपछि थप गोल निस्कन नसक्दा मछिन्द्र लगातार तेस्रो पटक च्याम्पियन बन्यो ।
मछिन्द्रले आयोजक केपी ओली एफसी र आर्मीले संकटा क्लबलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो । विजेता मछिन्द्रले १५ लाख ११ हजार १११ तथा उपविजेता आर्मीले पाँच लाख रुपैयाँसहित ट्रफी, प्रमाण पत्र र मेडल प्राप्त गरे । मच्छिन्द्रले पहिलो संस्करणमा सातदोबाटो युथ क्लबलाई पराजित गरेको थियो । दोस्रो संस्करणमा भने न्युरोड टिम (एनआरटी) लाई पराजित गर्दै उपाधि जितेको थियो ।
नेपाली घरेलु प्रतियोगितामा एउटै टोलीले लगातार तीनपटक एकै प्रतियोगिताको उपाधि जित्नु कमै देखिने दृश्य हो । मच्छिन्द्रले उत्कृष्ट लय कायमै राख्दै उपाधि रक्षा गर्न सफल भयो । समग्रमा भन्नुपर्दा केपी ओली कप मच्छिन्द्रका लागि भाग्यमानी साबित भइरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच