सिनेमाघरमा ‘एक भागवत र एक गीता’ र ‘नांगो गाउँ’

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । देशभरका सिनेमाघरमा दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि प्रदशर्नमा आएका चलचित्र हुन् ‘एक भागवत र एक गीता’ र ‘नांगो गाउँ’ । चलचित्र ‘नांगो गाउँ’लाई दीपेन्द्र लामाले निर्देशन गर्नुभएको हो भने ‘एक भागवत र एक गीता’मा झरना थापाको निर्देशन छ । दुवै चलचित्रले सिंगल स्क्रिनदेखि मल्टिप्लेक्स हलसम्म राम्रो शो पाएका छन् ।

देशभरका सिनेमाघरमा दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि प्रदशर्नमा आएका चलचित्र हुन् ‘एक भागवत र एक गीता’ र ‘नांगो गाउँ’ । चलचित्र ‘नांगो गाउँ’लाई दीपेन्द्र लामाले निर्देशन गर्नुभएको हो भने ‘एक भागवत र एक गीता’मा झरना थापाको निर्देशन छ । दुवै चलचित्रले सिंगल स्क्रिनदेखि मल्टिप्लेक्स हलसम्म राम्रो शो पाएका छन् ।

हिमाल कडरिया प्रस्तुतकर्ता रहेको ‘नांगो गाउँ’मा जय श्रेष्ठको लगानी छ भने सिनेमाका कार्यकारी निर्माता रामहरि श्रेष्ठ हुनुहुन्छ । क्लक वर्क क्रियसनको व्यानरमा निर्माण भएको यो चलचित्रमा दीपेन्द्रकै कथा, पटकथा तथा संवाद लेखन छ । चलचित्रमा दयाहाङ राई, मिरुना मगर, साम्राज्ञी आरएल शाह, कार्म, बुद्धि तामाङ, रविन्द्र झा, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अंकित खड्का, पुष्कर गुरुङलगायतको अभिनय छ । चलचित्रमा एसडी योगी र दीपक शर्माको संगीत, बनिष शाहको सम्पादन छ ।

यस्तै ‘एक भागवत र एक गीता’मा विपिन कार्की, धीरज मगर, सुहाना थापा, कवीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, रामकैलाश ठाकुर, धीरज ठाकुरलगायत कलाकारको अभिनय छ । सुनिलकुमार थापाको निर्माण रहेको चलचित्रको कन्सेप्ट अभिनेत्री सुहाना थापा र कथा निर्देशक झरना थापाको हो । झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढुंगेल र कृष्णको पटकथा रहेको चलचित्रमा परिक्षेद र पुरुषोत्तमको संवाद छ ।

सुहाना इन्टरटेनमेन्ट र सुनिलकुमार थापा प्रोडक्सनको व्यानरमा निर्माण भएको चलचित्रमा राजेश श्रेष्ठको छायांकन, मित्र डि गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी तथा शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर, हर्कुलस बस्नेत, आशिष अविरल, प्रवेश मल्लिक र बाबुल गिरीको संगीत र शंकर अधिकारी ‘घायल’को शब्द रचना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?