साना तथा मझौला व्यवसायीबीच एकता हुने

Read Time = 2 mins

काठमाडौं । साना तथा मझौला व्यवसायी महासंघ नेपालले एकता महाधिवेशन गर्ने भएको छ । शुक्रबार महासंघका वर्तमान अध्यक्ष बाबुकाजी महर्जन, सहअध्यक्ष हरि पराजुली र वरिष्ठ उपाध्यक्ष दीपकप्रसाद आचार्य तथा समानान्तररूपमा सञ्चालन भएको साना तथा मझौला व्यवसायी महासंघका अध्यक्ष गुहृयरत्न शाक्य भएको दुवै संस्थाबीच हालैको सहमतिअनुसार एकता महाधिवेशन गर्ने निर्णय गरेको हो ।

महासंघले देशभित्र कुल रोजगारी सिर्जना गर्ने ७५ प्रतिशतभन्दा बढी योगदान दिने क्षेत्रका साथै समग्र आर्थिक क्षेत्र चलायमान गराउन प्रमुख भूमिका खेलेको साना तथा मझौला व्यवसायीको हक, हित, अधिकारका लागि महासंघ पदाधिकारी, सदस्यबीच आपसी मतभेद, विवाद मनन गरी महासंघलाई एक्यबद्धरूपमा अघि बढाउने निर्णय पनि गरेको छ ।

त्यस्तै, एकता महाधिवेशन गर्न दुवै महासंघ सम्मिलित उद्यमी दीपकप्रसाद आचार्यको संयोजकत्वमा १५ सदस्यीय तदर्थ समिति गठन गरी तदर्थ समितिले आवश्यकताअनुसार समिति, उपसमिति गठन गर्ने र संस्थाको गरिमा बढाउन विभिन्न कार्यक्रम सञ्चालन गर्न सक्ने गरी अख्तियारी दिने, एकताको महाधिवेशन गर्न महासंघ मातहतका जिल्ला, क्षेत्रीय वस्तुगत संघसमेतको इकाईको विधानसम्मत समितिको निर्वाचनबाट वा सहमतिमा समिति गठन गरी छ महिनाभित्र महाधिवेशन गर्ने निर्णयसमेत गरेको महासंघ सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?