24th July | 2019 | Wednesday | 8:34:13 AM

पोखरामा अल्ट्रालाइट दुर्घटना हुँदा एक जनाको मृत्यु

  POSTED ON : मंसिर ८, २०७३ (८:११ AM)

पोखरामा अल्ट्रालाइट दुर्घटना हुँदा एक जनाको मृत्यु

हिमालय टाइम्स कास्की । कास्कीको कास्कीकोट गाविसको लौरुकमा अल्ट्रालाइट दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । एभिया क्लबको पुतली जहाज बुधबार विहान दुर्घटनामा हुदा रसियन पाइलट अलेक्जेण्डर म्याक्सिमोभको मृत्यु भएको हो । कास्कीको चापाकोट गाविसको बाम्दी स्थित आफ्नै मैदानबाट उड्ने क्रमममा जहाज दुर्घटनामा परेको हो । हेन्ड ग्लाइडिङलाई तानेर उडाने क्रममा डोरी चुडिएपछि दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा क्यानेडियन नागरिक घाइते भएका छन् । उनको पोखराको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

Views: 71