15th September | 2019 | Sunday | 8:13:24 PM

स्वास्थ्य मन्त्रीले केसीलाई भने ‘उच्च तहमा कुरा राख्छु’

  POSTED ON : मंसिर १४, २०७३ (१:४५ PM)

स्वास्थ्य मन्त्रीले केसीलाई भने ‘उच्च तहमा कुरा राख्छु’

हिमालय टाइम्स काठमाडौं । स्वास्थ्यमन्त्री गगनकुमार थापाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा अनसनरत डा गोविन्द केसी र चिकित्साशास्त्र अध्ययन संस्थानका डिन डा केपी सिहसँग मंगलबार छुट्टाछुट्टै छलफल गरेका छन् । भेटका क्रममा मन्त्री थापाले डा केसीको स्वास्थ्य अवस्था जानकारी लिई समस्या समाधानका लागि आफुले उच्चस्तरीय राजनीतिक तहमा कुरा राख्ने बताए । भेटमा मन्त्री थापाले त्रिवि उपकुलपति र चिकित्साशास्त्र अध्ययन संस्थानका डिन हटाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गर्ने बताएका थिए । मन्त्री थापाले उपकुलपति र डिन हटाउने विषयबाहेकका बाँकी मागका विषयमा भने आफूले द्रूतगतिका काम गरिरहेको बताएका केसीका सहयोगी किशोर केसीले जानकारी दिए। मन्त्री थापाका प्रेस संयोजक जिवन भण्डारीका अनुसार  स्थास्थ्यमन्त्री  डा केसीका मागका विषयमा आज बस्ने मन्त्रिपरिषद बैठकमा छलफल गर्ने बताएका थिए।

Views: 108