18th June | 2018 | Monday | 5:26:04 PM

परराष्ट्रमन्त्री ज्ञवालीको खुलासा : चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्री नेपाल आउने( भिडयोमा हेर्नुस्)

  POSTED ON : Saturday, 17 March, 2018 (1:48:06 PM)

परराष्ट्रमन्त्री ज्ञवालीको खुलासा : चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्री नेपाल आउने( भिडयोमा हेर्नुस्)

हिमालय टाइम्स । नव नियुक्त पराराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले दुई छिमेकी राष्ट्र प्रमुखहरु नेपाल भ्रमणमा आउने खुलासा गरेका छन् ।

चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकट भविष्यमै नेपाल आउने परराष्ट्र बताएका छन् । 

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मन्त्री ज्ञवालीले सन् २०१८ मा मित्रराष्ट्र भारत र चीनबाट नेपालमा उच्चस्तरीय भ्रमण हुने र नेपालबाट पनि राष्ट्रपति र प्रधानमन्त्रीले उच्चस्तरीय भ्रमण गर्ने स्पष्ट पारे । उनले भने,‘सन् २०१८ मा द्धिपक्षीय उच्चस्तरीय भ्रमणहरु हुन्छन्, यो हिसावले पनि सन् २०१८ नेपालको लागि महत्वपूर्ण हुनेछ।’