24th April | 2018 | Tuesday | 4:22:04 AM

प्रधानमन्त्री ओलीको भारत भ्रमण सफल र उपलब्धिमूलक : रामशरण महत (भिडियोमा)

  POSTED ON : Monday, 09 April, 2018 (7:01:10 PM)

प्रधानमन्त्री ओलीको भारत भ्रमण सफल र उपलब्धिमूलक : रामशरण महत (भिडियोमा)


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वपरराष्ट्रमन्त्री डा. रामशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको तीन दिने भारत भ्रमण सफल र फलदायी भएको बताएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता महतले नेपालका कुनैपनि प्रधानमन्त्रीहरुको भारत भ्रमण अहिलेसम्म असफल नभएको समेत स्पष्ट पारे ।

 उनले थपे,‘अहिलेसम्म कुनैपनि प्रधानमन्त्रीको भ्रमण असफल भएको छैन, उहाँको भ्रमणपनि सद्भावपूर्ण भ्रमण थियो, सफल भएको छ, दुई देशबीचको सम्बन्ध सुधारमा महत्वपूर्ण भूमिका खेलेको छ, भ्रमण फलदायी र उपलब्धिमूलक भएको कांग्रेसको निश्कर्ष छ।’ प्रधानमन्त्रीको भारत भ्रमणलाई असफल भन्न नमिल्ने उनको जिकिर छ।

आयोजित साक्षात्कारमा बोल्दै महतले भारतीय प्रधानमन्त्रीहरुको नेपाल भ्रमणपनि अहिलेसम्म असफल नभएको जिकिर गरे ।