हरिभक्त सिग्देल ‘महेश’
एकै छ सार तत्व त्यो सारा सृष्टि चलाउने
त्यही बीज छ यो एक अनेकौँ छन् पलाउने ।
नाम छन् गाम छन् भिन्न भिन्न नै छन् जताततै
एकै हो शक्तिको केन्द्र भेद छैन बुझे अझै ।।
नामैले साथ गामैले थर जात र भातले
मान्छे भिन्न स्वयं मान्छे बुद्धिका निर्विवेकले ।
रंग वर्ण यता रूप विभेद हेरी गर्दछ
अल्प बुद्धि त्यही मान्छे नरकगामी बन्दछ ।।
सर्वत्र जब देखिन्छ आफूजस्तै सबैतिर
देखिने सबमा आफू न्याय दिन्छ सधैंभर ।
चोर होस् प्रहरी होस् वा अन्यायी न्यायधीश नै
साक्षात्कार छ यो सत्य सिद्धान्तभित्र पर्छ नै ।।
अनेकौं देवका रूप ग्रह नक्षत्र मातृका
अन्तरिक्ष अनेकौंको एकै हो हेर केन्द्र ता ।
अनेकमा एक हुन्छ एकभित्रै अनेक छ
सत्य शिव उता देव देवी एक र सत्य छ ।।
अल्लाह बुद्ध छन् ईश नानक जेसुकै भन
एक हो सत्यको रूप एकैभित्र रमोस् मन ।
ॐ वा हुन् अन्य नै मान्नु सत्य र ज्ञान एक छ
एकै हो परम सत्य त्यसैमा अड्नु पर्दछ ।।
बु.न.पा.-९, बरफेदी, मण्डिखाटार ‘हरिको घर’ काठमाडौं ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच