‘यात्रात्साहित्य’ निबन्धको औपन्यासिक वा उपाख्यानात्मक रूप हो । जुन यात्रा-वर्णनबारे कलात्मक शैलीमा लेखिएको हुन्छ । (ने.बृ. शब्दकोश, पेज नं.७०५) यात्रा-साहित्यभित्र आफूले गरेका स्थानहरूको भ्रमण, पर्यटन, तीर्थाटनदेश-देशान्तरको घुमफिरको बेलीबिस्तार हुन्छन् । ‘संस्मण’ भन्नाले विगतदिनका कुराहरूको सुमधुर स्मृति अथवा पुराना घटनाका वस्तुु, तिनीहरूका महिमा, विभिन्न ठाउँहरूका अनुुभव आदि अभिनवीकृत राख्न लेखिएको एक प्रकारको नैबन्धिक सिर्जना हो ।
नियात्राकार ‘जय छाङछा’-को भनाइमा विसं १५५० मा तत्कालीन राजा गगनीराजले मुुगुुदेखि मुुस्ताङसम्मको यात्रा संस्मण लिपिबद्ध गरेको बताएका छन् । त्यही समयदेखि नेपाली यात्रासाहित्यको थालनी भएको मान्यता छ । अध्येता छाङछाले यात्रा साहित्य जीवित र प्रामाणिक भएको हुँदा यसमा कहिले, कहाँ, को, कसरी, किन, आदि कुराहरू स्पष्ट हुने कुरा इंगित गरेका छन् । यतिखेर नेपाली साहित्यमा यात्रा–संस्मरण निबन्ध लोकप्रियताको चुुली चुुमिरहेको छ ।
यसै क्रममा सफल सामाजिक उपन्यासकार, क्रान्तिचेतका स्वाभिमानी कवि स्वर्गीय लीलाध्वज थापाका पुुत्ररत्न विजयध्वज थापा (२००९) बुुबाको पदचापलाई संवरण गर्दैसिर्जना संसारमा अभ्यस्त छन् । यिनले नेपाली साहित्यको वाटिकामा हालसम्म नौवटा नबै रंगका कृतिहरू कर्णालीको कुनोदेखि मानसरोवरसम्म भन्ने सुुन्दर (यात्रासंस्मरण) पाठकमाझ ल्याएका छन् । त्यसैगरी योभन्दा अघि उनले अचम्मको खेल, भुुङ्ग्र्रो नबनोस् लप्को, (दुुई कविता संग्रह), निबुवाको बोटमा आँप फल्दैन, (एक मुुक्तकसङ्ग्रह) सम्झनाले पिर्यो, (एक गीतसङ्ग्रह) र तीन गीति एल्बमहरू पाठक र श्रोतामाझ पस्किएर प्रिय बनिसके ।
सफल सामाजिक उपन्यासकार, क्रान्तिचेतका स्वाभिमानी कवि स्वर्गीय लीलाध्वज थापाका पुुत्ररत्न विजयध्वज थापा बुुबाको पदचापलाई संवरण गर्दैसिर्जना संसारमा अभ्यस्त छन् । यिनले नेपाली साहित्यको वाटिकामा हालसम्म नौवटा नबै रंगका कृतिहरू कर्णालीको कुनोदेखि मानसरोवरसम्म भन्ने सुुन्दर यात्रासंस्मरण पाठकमाझ ल्याएका छन् ।
स्व.पिता लीलाध्वज थापाको अमर र स्वाभिमानी व्यक्तित्वप्रति झुुक्दै आफ्नो पछिल्लो कृति ‘कर्णालीको कुनोदेखि मानसरोवरसम्म’ यात्रा-संस्मरण एक सय चौरानब्बे पृष्ठमा पाँच मूूल शीर्षक र छयसठ्ठी उपशीर्षकमा आफ्नो स्वस्थ, चुस्त, र परिष्कृत काया भएको अनुुभूूति-परक कृति सिर्जना पुुगे । निबन्धको अग्रभागमा यो कृति बुुबामा समर्पण गर्दै बुुबाकै काव्यिक गुुरुमन्त्रको उल्लेख गरेर पिताको सम्मान ध्वनित गरेका छन् :
म चाहन्न ऐश्वर्य केही कुराको ।
म चाहन्न भूूmठो प्रशंसा कसैको ।।
मलाई छहारी भए पुुग्छ एक ।
गरूँ निन्य साहित्यको सद्विवेक ।।
विजयका बाबा लीलाध्वज थापा उपन्यासकारमात्र नभएर एक कुुशल व्यञ्जनावादी कवि, नाटककार, निबन्धकार, अभिनयप्रवीण र सामाजिक बेथितिमा कलम चलाउने राष्ट्रवादी सर्जक हुन् भन्ने कुरा उनको यो लयात्मक गद्य कविताले पुुष्टि गर्दछ ः
मनभरि घाउ छ, मस्तिष्कभरि घाउ छ
भतभत पोल्ने, पीडा दिने, गहिरो गहिरो घाउ छ ।
कालापानीको घाउ छ, लक्ष्मणपुरको घाउ छ
खुुर्दलोटन न्हेलीसागर, अनि सुस्ताको घाउ छ ।
मुकुुन्डोमा साधुु देखिए नि, मुकुन्डो उघार्दा राहुु छ
खै यहाँ कसको कसको के के के के दाउ छ ।
मनभरि घाउ छ !
अब म विजयध्वज थापाको यात्रासंस्मरणको यात्रामा विचरण गर्नतिर लाग्दैछु । पहिलो संस्मरणात्मक यात्राको शीर्षक ‘कालो सर्प मारेको अर्थ यसरी लगाएँ’ भित्र १७ उपशीर्षकमा नियात्राकारले आफ्ना सपनादेखि बिपनासम्मका काम र ठामको वर्णन गरेका छन् । स्नातकोत्तर पढ्दै गर्दा राष्ट्रिय विकाससेवामा जुम्ला जस्तो विकट जिल्ला त्यहाँको कष्टकर जनजीवन अनुुभव गर्न र आदर्श सेवाभाव मुखर गर्न रोजेको बताइएको छ । काठमाडौँबाट वीरगञ्ज हुुँदै भारतको बाटो भएर हुुम्ला पुुग्दाका आफ्नै रहरले पाएका कहरलाई सरल शैलीमा पाठकमाझ पढूँपढूूँ लाग्ने गरी प्रस्तुति दिएका छन् ।
वीरगञ्जको ठाकुरराम क्याम्पसमा बास बसेको, सोले नामको चित्रपट हेरेको र घरबाट लगेको बीस हजार रुपयाँ सुुरक्षा गर्दाको झम्मारलाई रोचक ढंगले उतारेका छन् । भारतको गोरखपुर हुँदै लखनौको ऐतिहासिक स्थल प्राचीन मुुगल नबाफको भुुलभुलैया दरबारको संरचनालाई अवलोकन गर्दा कयौँ पर्यटकहरू भुुलभुलैमा अलजिल्ल हुने अवस्थाको जीवन्त चित्रण छ । त्यसपछि नेपालगञ्ज पुुगेको र त्यहाँबाट जुुम्ला हवाइ उडानमार्फत जाने निधो गर्दा एक महिनासम्म मौसमखराबीले यान जाननसकी नेपालगन्जमै नारकीय दिन बिताउन परेको कहरिलो दैनिकीलाई सचित्र प्रस्तुत गरेका छन् ।
धन्न, मौसमले साथ दिएर उनी आफ्नो राविसे समूहसहित जुुम्ला पुुगे । त्यहाँको भूूअवस्थिति र सामाजिक जनजीवनको झल्को घतलाग्दो पारामा प्रस्तुति गर्दै जुुम्लाको दुुई दिने बसाइँमा भएका भेटघाट, स्वागत र छलफल छ्याङ्ग हुने गरी वर्णन भएको छ । यो अध्यायमा घुुर्ची लेक, चौरखा, राराकी अप्सरा हुम्लाको सिमीकोट आदि स्थानका दृश्य, घटना, संवाद, अनुुभूति सविस्तार छ ।
दोस्रो शीर्षक ‘म रोएको त्यो दिन’ मा दशवटा उपशीर्षकहरू छन् । यसमा यात्रासंस्मणकारले हुम्लाको सदरमुकामबाट ४० कोस पर पर्ने दार्मा गाउँपञ्चायतमा राविसेको दश महिना शिक्षा, स्वास्थ्य, खानेपानी, शौचालयको निर्माण, न्यायिक सुधार, सरसफाइ, अन्धविश्वास र अस्वस्थ परम्परामा सुधारका कामहरू आंशिक रूपमा गरेको वस्तुुतथ्यको रोचक सम्झना पस्तुत गरेका छन् । युवाहरूको रचनात्मक जोसले होसपूूर्वक चालेका सामाजिक सद्भाव मननयोग्य लाग्छ यो यात्रा पढ्दा ।
त्यहाँको विकट भौगोलिक अवस्थिति, सामाजिक पछौटेपन, हर क्षेत्रमा अन्ध अवधारणाबाट ग्रस्त सामजिक जीवन र विपन्नताको दर्पण छ्याङ्ग पारेका छन् थापाले । निमाविलाई मावि बनाउन, हेल्थपोष्ट ल्याउन र जनश्रमको परिचालन गर्न अब्बल भूूमिका निभाएको कर्मगाथा सविस्तार वर्णन छ । पुरातन उपचार पद्धति धामीझाँक्री र बातो हान्ने, फुक्ने र मन्सनेजस्ता रुग्णग्रस्त समाजमा नयाँ औषधि विज्ञानप्रतिको आकर्षण बढाउने युवा विजयध्वजका लोभलाग्दा दैनिकी देख्दा आदर्श झङ्कृत छ यात्रा संस्मरणमा ।
तेस्रो शीर्षक ‘त्यो तस्विर मैले लिइन’ भित्र आठ उपशीर्षकमार्फत यात्राको स्मृति ‘खर्चपर्चको चाँजोपाँजो, ओहो ! लाहुरे काटिए, होसहवास गुम हुुँदा, घुमाइ–फिराइ सहवासको आग्रह, तस्कर पक्रँदाको नालीबेली, कस्तुरीको कहालीलाग्दो करन, हामीले छ्याङ पियौँ, पदकलाई महत्व दिइन’-मा पुस्तकालय स्थापना गरिएको, अतिथिगृहको निर्माण, तल्लास्तरका जनताले मुखियाको अह्रोटमा अतिथि पाल्नुुपर्ने शोषणको निवारण, सिङ्गो कुखुुरा छ रुपयाँमा पाइने र एक रु.मा तीनवटा फूल किन्न मिल्ने लोभलाग्दो प्रस्तुति छ । त्यस्तै लाहुुरे काटेको रोचक प्रसंग छ । त्यता लाहुरे भन्नाले साना पाठापाठी काटेको अर्थ रहेछ ।
कवि, गीतकार तथा यात्रासंस्मरणकार विजयको लेखनमा सहजता, सरलता, कलात्मक प्रस्तुुति र व्यञ्जना मुखर भएको छ । यो यात्रा संस्मरणले वर्णनात्मक र विवरणात्मक प्रस्तुतिको अलावा लेखकको निजात्मकतालाई पनि मूूर्त पारेको छ । मनोवैज्ञानिक पक्ष यसमा सबल छ ।
होसहवास गुम हुँदा, भन्ने उपशीर्षकमा अग्ली, हिसी परेकी, ठट्टा गर्न माहिर केटीका बाको राँको, टलक्क टल्कने खुर्पा, स्याखुुले बेरिएको शरीर झन्नै आधा रातमा आएको आफू सुतेको घरमा आएर ढोका ढकढक्याएर घरभित्रका चोटाकोठा सबै चहारेको देख्दा राविसेका लेखकसहित साथी ठिटा दुुबैको होसहवास गुमेको मनोगत त्रासदी कुतूूहल, शङ्का, उत्साह, रोमाञ्चकता, जवानीको कैफियत सबैलाई खुलस्त पारेर लेखनमा वसन्तको वहार ल्याएका छन् । अन्य उपशीर्षक-‘घुमाइफिराइ सहवासको आग्रह, तस्कर पक्रदाको थिति, कस्तुरीको कहालीलाग्दो कैरन, हामीले छ्याङ पियौं, पदकलाई महत्व दिइन’ आदि उपशीर्षकले यात्राकारको ब्रहृमचर्यको सटीक दृढता, वन्यजन्तुुको सुरक्षामा खेलेको अब्बल भूमिका, जातीय समानता र आत्मबलको गौरव उत्कृष्ट भाषाशैलीमा पोतेका छन् । सारांशमा भन्नुुपर्दा रोचक, घोचक, मनोवैज्ञानिक, कौतुहल, तुलबुली तथा खुुल्दुलीले भरिएको आख्यानात्मक यो निबन्ध मनमोहक र वर्णनातीत छ ।
चौथो शीर्षक ‘अन्नपूूर्ण परिक्रमा’ एक्काइस उपशीर्षकमा आफ्नो लमतन्ने शरीरलाई रंगीविरंगी बनाउँदै हिमाली भेगको पदयात्रा, त्यहाँको मनोरम सौन्दर्य, भौगोलिक अवस्थितिलाई सपाट उपस्थित गराएर यात्रासंस्मरणको चुली चुमेको छ । गण्डकी र धवलागिरिका विविध जिल्लाहरूका ऐतिहासिक, धार्मिक, प्राकृतिक, सांस्कृतिक तथा लोकजीवनको सोलोडोलो रंगीन तस्विर उभ्याएर पठनलाई सुुरुचिपूूर्ण विजयको ध्वजा फहराएका छन् विजयध्वजजीले । वीरेठाँटीको सेरोफेरो, घोडेपानीको नाक ठोकिने उकालो, निगालेको बसाइँका अनुुभूूति, घोडचढीसहितको दानालगायतका स्थानहरूको यात्रा, जोमसोम, मार्फा, कागवेनी र थोराङला पार गर्दाका रामकहानी पढ्दा कुन पाठकको हृदय ती भेगको यात्रामा भर्ने उत्सुकतामा आप्लावित बन्दैन र ! झक्कडको बास र मनाङको इतिवृत्तले यात्रार्थीहरूलाई कहिले पुुगुँलाको हुटहुटी जगाउने गरी कलमले अक्षरहरू कुुँदेको छ ।
पाँचौं वा यो स्मृतियात्राको अन्तिम शीर्षक बनेको ‘मानसरोवरमा कविगोष्ठी’-ले गजलको जलमा डुुबेर गाजल सिर्जना गर्ने गजलकार, प्रकृतिको पारखलाई अलङ्कार र प्रतिक बग्रेल्ती थुपारेर कलात्मक काव्य रच्ने कवि, गीतलाई प्यारीको प्रीतभन्दा माथिल्लो ठम्याउने गीतकार, आख्यानकार, देशप्रेम गर्जना गर्ने, पौराणिक तथा विश्वशान्ति आकाङ्क्षा गने अभियन्ताहरू कसको दिललाई हल्लाइ दिँदैन र यो भागले । विजयध्वज थापाजीले यात्रासस्मणभित्र उदात्तभाहरू प्रक्षेपण गरेर आफ्नो कवित्वको प्रवीणतालाई छर्लङ्ग बनाएका छन् । यसमा जम्मा दश उपशीर्षक छन् ।
मानसरोवरको पौराणिक गाथा, अनपेक्षित संयोग, यात्राको शुुभारम्भ, न्यालममा व्यतीत एकजोडी रात, प्रकृतिक सौन्र्यको रसपान, पठारको कुइनेटोबाट ब्रहृमपुत्र चियाउँदा, बहिनीको बिमार : दाँतको ढुुंगो, ऐतिहासिक कविगोष्ठीको आयोजना, स्नान हवन र परिक्रमा, टहटह जूनमा कोहिनुर झैँ कैलास, जस्ता वर्णनहरूले कोमल र सुललित शैलीमा भाव, कला, शैली, लालित्य, कवित्वको संयोजन मजाले गरेका छन् सिर्जनशील यात्रासंस्मरणका रचनाकार थापाले ।
यसैले होला विचक्षण प्राज्ञ प्रा.डा.अभि सुवेदीले मन्तव्य खण्डमा बोलेका छन् : ‘यो यात्रा रचनामा स्मृति र वर्णनको चाखलाग्दो सन्धि भएको छ । सबैका दैहिक र मानसिक यात्राको वर्णन लेखकले गरेका छन्’ । अर्का प्राज्ञ प्रा.डा. खेम कोइराला बन्धुले लामो भूमिका दिएर अमर आख्यानकार एवं क्रान्तिकारी स्वाभिमानी कवि स्व.लीलाध्वज थापा (विजयध्वजका पिता) तथा झर्झराउँदा यात्रास्मृतिकार विजयध्वज थापाबारे गहन आलेखमा आफ्ना दरिला मूूल्यवान् विचार प्रदान गर्नुभएको छ भने प्राज्ञ डा.तुलसी भट्टराई, निबन्धकार युवराज नयाँघरेका दृष्टिपात र शुुभेच्छाहरू पठनीय, मननीय र उदाहरणीय छन् । लेखक विजयध्वज थापा मेरो भनाइमा शालीनतापूूर्वक यसरी प्रकट भएका छन् ः ‘वास्तवमा सेवा नै धर्म हो भन्ने कुरा हामी कसैले पनि भुुल्न हुँदैन’ ।
कवि, गीतकार तथा यात्रासंस्मरणकार विजयको लेखनमा सहजता, सरलता, कलात्मक प्रस्तुुति र व्यञ्जना मुखर भएको छ । यो यात्रा संस्मरणले वर्णनात्मक र विवरणात्मक प्रस्तुतिको अलावा लेखकको निजात्मकतालाई पनि मूूर्त पारेको छ । मनोवैज्ञानिक पक्ष यसमा सबल छ । आध्यात्मिता, सांस्कृतिक गौरव, प्रकृति महिमा र देशप्रेमका भावनाहरू सघन छङछगाएका छन् । उहाको यो यात्राले अविराम गति पाइरहोस् ! शिवास्ते पन्थानः ! समाप्त ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच