
क्यानबेरा । नोकरीमा वृद्धि भए पनि अष्ट्रेलियाको बेरोजगारी दर १८ महिनाको उच्चतम स्तरमा पुगेको छ । अष्ट्रेलियन ब्युरो अफ स्टाटिस्टिक्स (एबिएस)ले बिहीबार प्रकाशित गरेको आधिकारिक श्रम तथ्यांकमा आधिकारिक बेरोजगारी दर अक्टोबरमा तीन दशमलव आठ प्रतिशतबाट बढेर तीन दशमलव नौ प्रतिशत भएको उल्लेख छ । यो सन् २०२२ अप्रिलपछिको सबैभन्दा उच्च बेरोजगारी दर हो ।
यद्यपि अक्टोबर र नोभेम्बरबीच रोजगारीमा रहेका अष्ट्रेलियालीहरूको संख्या ६१ हजारले बढेको एबिसीको आँकडामा उल्लेख छ । उक्त वृद्धिको भर्पाइ सहभागिता दरमा भएको वृद्धिबाट भएको छ र यसले कामकाजी उमेरको जनसंख्याको अनुपातलाई मापन गर्दछ । कार्यरत वा सक्रियरूपमा कामको खोजीमा रहेका मानिसको संख्या अक्टोबरमा ६७ प्रतिशतबाट बढेर ६७ दशमलव दुई प्रतिशतको कीर्तिमानी स्तरमा पुगेको छ ।
एबिएसद्वारा बेरोजगारी दर गणना गर्नका लागि व्यक्ति कामविहीन हुनुपर्छ वा सक्रियरूपमा नोकरीको खोजी गरेको हुनुपर्छ । एबिएसका अनुसार नोभेम्बरमा एक करोड ४२ लाख ६० हजार अष्ट्रेलियाली रोजगारीमा छन् । यो कामकाजी उमेरको जनसंख्याको ६४ दशमलव छ प्रतिशत हो ।
अक्टोबर र नोभेम्बरबीच रोजगारीमा रहेका अष्ट्रेलियालीहरूको संख्या बढे पनि यो अवधिमा सबै नोकरीमा अष्ट्रेलियालीले काम गरेको घण्टाको कूल संख्या शून्य दशमलव एक प्रतिशतले घटेको छ । रासस/सिन्हृवा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच