डेडिकेटेड र ट्रंक लाइनको सुविधा लिएकाहरूले विद्युत् महसुल तिर्नुको विकल्प छैन : प्रबन्ध निर्देशक घिसिङ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइनको सुविधा लिएकाहरूले विद्युत् महसुल तिर्नुको विकल्प नभएको बताउनु भएको छ ।

प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको मंगलबारको बैठकमा उहाँले सो बक्यौता उठाउन आफूहरूलाई निर्देशन दिइएको समेत जानकारी दिनुभयो।

“हामीलाई सबै पक्षबाट डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन निर्देशन आएको छ, हामी उठाएरै छाड्छौँ,” उहाँले भन्नुभयो, “हामीलाई निर्देशन आएअनुसार नै काम गर्ने हो ।”

घिसिङले २०७२ देखि २०७५ सालको बीचमा विभिन्न उद्योगहरूले सर्वसाधारण जनता लोडसेडिङमा रहेको बेला डेडिकेटेड र ट्रंक लाइनको माध्यमबाट दिनमा २४ घण्टा नै विद्युत उपभोग गरेको बताउनु भयो । उहाँले त्यो बेलाको महसुल उद्योगहरुले तिर्नैपर्ने बताउनु भयाे।

सो विषयमा धेरै उद्योगी अदालत गए पनि प्राधिकरणको पक्षमा फैसला भएको उहाँले बताउनु भयो।

घिसिङले अदालत, अख्तियार र अन्य कुनै पनि निकायबाट आएका आदेश र निर्देशनले गर्दा पनि डेडिकेटेड र ट्रंक लाइनबाट विद्युत लिएकासँग महसुल उठाउनुको विकल्प नभएको बताउनु भयो ।

उहाँले डेडिकेटेड र ट्रंक लाइनमार्फत विद्यु्त लिने २ सय ३९ उद्योग तथा ग्राहकमध्ये १ सय ७८ वटाले महसुल तिरेको तर ६१ उद्योगीले भने महसुल नतिरेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?