
काठमाडौं । घुम्ती मुक्तक नेपालले कालिका-शान्ता मुक्तक नायक श्री सम्मानबाट नगद १० हजारसहित वरिष्ठ मुक्तककार रामकाजी कोनेलाई पुरस्कृत गर्ने भएको छ । नेपाल मुक्तक प्रतिष्ठानको अध्यक्षको हैसियतले नेपाली मुक्तकको विकास र विस्तारमा पु¥याउनुभएको उल्लेखनीय योगदानका लागि कोनेलाई सो पुरस्कार प्रदान गरिने भएको छ । यस पुरस्कार निर्मलरमण पराजुलीले प्रायोजन गर्नुभएको हो ।
उक्त संस्थाले हरिभक्त– मीना सिग्देल मुक्तक मानक श्री सम्मानबाट नगद १० हजारसहित वरिष्ठ मुक्तककार डा.मुरारि पराजुलीलाई पुरस्कृत गर्ने भएको छ । मुक्तकमै विद्यावारिधि (पिएचडी) गर्नुभई मुक्तकको उन्नयनमा पुर्याउनुभएको विशिष्ठ योगदानका लागि पराजुलीलाई सो पुरस्कार प्रदान गरिने भएको छ । यो पुरस्कार हरिभक्त सिग्देलले प्रायोजन गर्नुभएको हो ।
यसैगरी उक्त संस्थाले सानु–मखमली मुक्तक साधक श्री सम्मानबाट नगद १० हजारसहित वरिष्ठ मुक्तककार सुवासचन्द्र ढुंगेललाई पुरस्कृत गर्ने भएको छ । सिर्जनाका माध्यमबाट नेपाली मुक्तकको उन्नयन र विस्तारमा उल्लेखनीय योगदान गर्नुभएकोमा ढुंगेललाई सो पुरस्कार प्रदान गरिने भएको हो । यो पुरस्कार विमला खड्काले प्रायोजन गर्नुभएको हो । उक्त निर्णय घुम्ती मुक्तक नेपालका अध्यक्ष निर्मलरमण पराजुलीको अध्यक्षतामा बसेको चयन समितिले गरेको हो । सबै पुरस्कारहरु संस्थाको फागुन १८ गते आयोजना गरिने तेस्रो वार्षिकोत्सवका अवसरमा प्रदान गरिने भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच